२०८३ बैशाख ३१ गते, बिहीबार १२:१५

प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका विद्यालय बन्द

बारा। मधेस प्रदेशका विद्यालय आज बन्द हुने भएका छन्।

बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमामधेश प्रदेशका विद्यालयरु एक दिनका लागि शोक बिदा दिइएको हो।

बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो। गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ। सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालय बन्द गर्ने निर्णय भएको सो विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM