Thursday, January 16, 2025
घरक्राइम चेकप्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका विद्यालय बन्द

प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका विद्यालय बन्द

बारा। मधेस प्रदेशका विद्यालय आज बन्द हुने भएका छन्।

बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमामधेश प्रदेशका विद्यालयरु एक दिनका लागि शोक बिदा दिइएको हो।

बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो। गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ। सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालय बन्द गर्ने निर्णय भएको सो विज्ञप्तिमा उल्लेख छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -