Tuesday, October 15, 2024
घरक्राइम चेककाँग्रेसको समाजवाद: चियापानमा सर्वसाधारणलाई चिया र समोसा, भिआईपीलाई जुस र माछा

काँग्रेसको समाजवाद: चियापानमा सर्वसाधारणलाई चिया र समोसा, भिआईपीलाई जुस र माछा

सनेपा/आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि नेपाली काँग्रेसद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको दृश्यले नेपाली काँग्रेसको समाजवाद तथा समानताको नारा र व्यवहार छताछुल्ल भएको छ।

सानेपास्थित पार्टी कार्यालयमा शनिवार आयोजना गरिएको सो कार्यक्रममा सर्वसाधारण र साधारण सदस्य कालागि चिया एवं समोसाको व्यवस्था गरिएको थियो भने भिआईपीहरूलाई जुश र फ्राइड माछाको व्यवस्था गरिको देखेर समाजवाद र समानताको सुगा रटाई गरेर जनतालाई भ्रममा राख्ने पार्टीको वास्तविकता उदाँगिएको हो।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढुंगाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

चियापानमा प्रधानमन्त्री दाहालले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने बताए। उनले यस्ता कार्यक्रमले आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वाससमेत व्यक्त गरे।

“यो चियापान संस्कृति विपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो। यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ, यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि सङ्घर्षमा होमिएका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनमा केन्द्रित छ”, प्रधानमन्त्री दाहालले भने।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको बताए। “हामीमाथि प्रश्न उठेको होइन, प्रश्न उठाउने प्रयासमात्र भएको छ, त्यस्तो प्रयासलाई हामी उचित समयमा उचित जवाफ दिनेछौँ”, ओलीले भने ।

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले जवाफ दिने समय नभएको भन्दै उचित समयमा जवाफ दिने बताए। “अहिले जवाफ दिने समय होइन, हामी उचित समयमा उचित जवाफ दिने नै छौँ, अहिले प्रश्न उठाउनेहरूलाई उठाउन दिनोस्”, देउवाले भने।

कार्यक्रममा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेसले उच्च राजनीतिक संस्कार बसालेको बताए। “चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, प्रतिस्पर्धालाई एक ठाउँमा राखेर आपसी सद्भावका लागि गरिएको यस्तो कार्यले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको छ”, सभापति लामिछानेले भने।

 

चियापानमा उपस्थित विशिष्ठ व्यक्तित्वहरू तथा सर्वसाधारणलाई पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले स्वागत अभिवादन गरेका थिए।

दिउँसो १ः०० बजेदेखि सुरु भएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ः०० बजेसम्म सञ्चालन भएको थियो।

सो अवसरमा सर्वसाधारण र भिआईपीहरूकालागि छुट्टा छुट्टै चिया, समोसा र जुस, माछाको व्यवस्था गरिएको थियो।

सो सन्दर्भमा काँग्रेस निकट विश्लेषक सुदर्शन आचार्यले सामाजिक संजाल फेसबुक पोस्टमा लेख्नु भएको छ, “समाजबाद ! सर्वसाधारण – चिया, समोसा भीएआईपी – जूस र माछा ! @ सानेपा !”

त्यस्तै नेपाल प्रेस युनियन की नेतृ संचारकर्मी रोजी पराजुलीले सो कार्यक्रम बारे सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्नु हुँदै लेख्नु भएको छ, “कांग्रेसको चियापान रमाइलो भयो ।

2 बजे पुग्दा 50 मिटर लामो लाइन देखेर आज कांग्रेसको “चिया” खान नपाइने परो भन्ने लागेको थियोे । तर पुर्ब सान्सद देखि नेताकार्यकर्ता सबै लाइनमा देखेर म पनि बस्नु परो भनेर यसो लाइनमा जादै गर्दा पत्रकारलाई चहिदैन जानुस् भन्नू भयो 2/4 जनाले नै😁 मौकामा चौका यहीँ हो भन्ने सोचेर सरासर जादा पुरा केन्द्रीय सदस्य अरु बेला “vip” हामीले हात जोडनु पर्ने नेताज्युहरुले त हामीलाई भोट् मागे झै शैलीमा हात जोडेर स्वागत गरेको देख्दा प्राय सबैको अनुहारमा हसिलो चम्किलो र अत्यन्तै खुसीले भेट्घाट शुभकामना आदानप्रदान भइरहेको देखेर म यसै खुशी किनकि म त झन अरुको खुशीमा रमाउने मान्छे😁 हामी सबै दसैंमा खान नपाएका र खानै नसक्ने चाहिँ कोही उपस्थिति भएको पनि थिएन होला सायद । खाने आशाले भन्दा पनि दसैंमा आ आफ्नो घर र आफ्नो नजिकका सग टीका लगाउने गर्छौ । तर यस्तो कार्यक्रमले सबै वरिष्ठ नेता पाहुना अरु पार्टीका नेताहरुसगको उपस्थितिले देश र जनतामा आनन्दको अनुभुती पनि हुन्छ । तर मासु र चिउराको प्लेट कस्का लगि ? भोकै को थियो ? यत्रो दसैंमा काम नगरी खादै बस्दै घुम्दै त सबै नै हुनुहुन्थ्यो होला । बिरामीको खाना औसधि खानै पर्नेले हो भने ठिकै छ । तर यी हामी जस्ता सर्ब साधारण जनतालाई छुट्टाएर :vip style” नै देखाएको हो भने त्यो राम्रो हैन । आइन्दा कांग्रेसले यस्तो गल्ती आगामी दिनमा नदोहोर्‍याउन हार्दिक हार्दिक अपील गर्दछु।”

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -