२०८३ जेष्ठ ३ गते, आईतवार २१:५८

नवरात्रको आठौं दिन महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

काठमाडौँ। आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ।

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।

महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।

महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ। महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ। महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। आजको दिनलाई महाअष्टमी पनि भनिन्छ। देशभरका शक्तिपीठहरूमा आज विशेष पूजाआजा हुने गर्छ।

शक्तिपीठहरूमा पशुबली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। महाअष्टमीका दिन सबैले आ-आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन छ। पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन् ।

आजै हनुमानढोकाको दशैँघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ। आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलन छ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ। आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, पर्साको वीरगंज स्थित गहवामाई, बिर्तामाई, बिन्दवासिनी, बाराको गढ़ीमाई, रौतहटको राजदेवीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM