२०८३ जेष्ठ ३ गते, आईतवार २२:५३

बोनस नपाएपछि आक्रोशित चौधरी ग्रुपका कर्मचारीद्वारा म्यानेजरमाथि कुटपिट

काठमाडौँ- चौधरी ग्रुप (सिजी) ले दसैँको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटेका छन्। नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दसैँ बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए। तर यसका लागि व्यवस्थापन वार्तामा बस्न नचाहेको मजदूरहरुको दाबी छ। कम्पनीले नाफा कमाइरहे पनि बहानाबाजी गरेर बोनस नबाँडेको आरोप मजदूरहरुको छ। कम्पनीमा ३ सय मजदूर कार्यरत छन्।

सिजी ग्रुपले ब्रुअरीका कर्मचारीहरुले अनधिकृत माग गर्दै अधिकारीहरुलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको र औद्योगिक शान्ति खल्बलाएको बताएको छ। बिक्रीमा २५ प्रतिशत कमी आएको पनि कम्पनीको दाबी छ। मजदूरले कम्पनीका ५ जना उच्चपदस्थ कर्मचारीलाई हातपात गरेका थिए।

सिजी ब्रुअरी नेपालका एकमात्र अर्बपति विनोद चौधरीको कम्पनी हो।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM