२०८२ माघ २६ गते, सोमबार ११:५९

डा. रुपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त

काठमाडौं। अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले आफूले प्रधानन्त्रीको परराष्ट्र सल्लाहकारका रुपमा पत्र बुझिसकेको जानकारी दिए।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध जानकार एवं परराष्ट्रविदका रुपमा परिचित छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउदै आएका छन्।

यस अघि, डा. सापकोटाले नेपाल सरकारको महत्वपुर्ण थिकंटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

३५ बर्षको उमेरमा विद्यावारिधि (पिएचडी) पुरा गरेका अध्ययनशील डा. सापकोटा विश्व राजनीति‚ अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा गहिरो ज्ञान राख्दछन्।

डा. सापकोटाले सन् २०१८ मा चीनको राजधानी बेइजिङ स्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए। नेपाल, भारत र चीन बीचको त्रिदेशीय सहकार्यसम्बन्धी डा. सापकोटाको शोधपत्र उत्कृष्ट शोधका रुपमा पुरस्कृत भएको थियो।

डा. सापकोटाले नेपाल सरकारको महत्वपुर्ण थिकंटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गर्दा प्रतिष्ठानले उल्लेखनीय कार्यहरु गरेको थियो।

पर्याप्त श्रोत‑साधनको कमी, राज्यको उपेक्षा र कमजोर कानुनी हैसियतका वावजुद उनको कार्यकालमा प्रतिष्ठानले महत्वपुर्ण एवं दीर्घकालीन गतिविधीहरु संचालन गरेको थियो। साथै‚ प्रतिष्ठानलाई एक पूर्ण स्वायत्त एवं शक्तिशाली थिंक ट्याङ्कका रुपमा विकास गर्न पहल समेत अगाडि बढाएका थिए।

डा. सापकोटाको विश्व राजनीति‚ भुराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै गहकिला लेख रचना प्रकाशित छन्। यसका साथै उनले थुपै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन्।

साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरु पनि प्रकाशित भएका छन्। डा.सापकोटामा विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालय र थिकंटयाकंमा सिनियर स्कलर तथा रिर्सच फेलोका रुपमा पनि काम गरेको अनुभव छ। त्यसो त, सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल समेत राख्दछन्।

हालै, नेपालका प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा. सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो। सिन्धुपाल्चोक जिल्लाको कुविण्डे गाउँमा राजनैतिक परिवारमा जन्मिएका डा. सापकोटाले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न राजनैतिक आन्दोलनमा पनि सक्रिय सहभागी भएका थिए।

गणतन्त्र प्राप्तिका लागि भएको राजनैतिक आन्दोलनका क्रममा उनले २६ महिना जेलजीवन समेत वबताए । त्यहि उनले आफ्नो उच्च शिक्षा अध्ययनलाइ पुनः निरन्तता दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM