२०८२ माघ ४ गते, आईतवार २०:२७

मधेश प्रदेशमा “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रम

वीरगंज/ सशस्त्र प्रहरी बल नेपालले “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालनमा ल्याएको छ।

मधेस प्रदेशको जिम्मेवारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिवासमा “सीमाबासी सँग सशस्त्र प्रहरी” अन्तर्गत सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो।

 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागका विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका स.प्र.बल नेपालका कार्यालय प्रमुखहरु, मधेश प्रदेशको नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा जोडिएका १४३ वटा वडाका अधिकाँश वडाअध्यक्षहरु लगायत सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा मधेस प्रदेशको जिम्मेवारीमा रहेका बाहिनीपति स.प्र.ना.म.नि. दीपेन्द्र शाहबाट उपस्थित अतिथिहरुलाई कार्यक्रमको औचित्यता प्रष्ट पार्दै सशस्त्र प्रहरी बल, नेपाललाई राज्यद्वारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तराष्ट्रिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।

सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा जोडिएका १४३ वटा वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको र यसलाई थप प्रभावकारी बनाउन “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रम आरम्भ गरेको समेत जानकारी गराउनुभयो ।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा सुरक्षाको महत्व तथा सीमा अपराध, विभिन्न प्रकारका विपद्जन्य घट्ना सम्बन्धी जनचेतनामूलक कक्षा संचालन, दशगजा ईलाका तथा सीमा स्तम्भहरुको अनुगमन, सीमा अपराध सम्बन्धी अन्तरक्रिया, लागु औषध नियन्त्रण, सामाजिक तथा विकासका कार्यहरु सञ्चालन, स्वास्थ्य शिविर तथा सीपमुलक तालिम संचालन लगायत अन्य विविध कार्यक्रमहरु सञ्चालन गरिने नीति रहेको डीआईजी शाहले बताउनु भएको थियो ।

कार्यक्रम स.प्र.बल नेपालले सिमावर्ती ईलाका भएका सबै प्रदेशमा आजकै दिनमा आयोजना गरिएको भएतापनि मधेश प्रदेशलाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट आउनु भएका मुख्य अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको उपस्थितिले मधेश प्रदेशको सिमावर्ती क्षेत्रका जनताको भावना र परम्परागत संस्कृतिलाई उच्च स्थानमा राखी कार्यारम्भ भएको समेत स्पष्ट पार्नु भएको थियो ।

सिमामा बसोबास गर्ने नागरिक एक असल सिमा रक्षक रहेको कुरालाई हृदय देखि नै महसुश गरी सशस्त्र प्रहरी बल, नेपालले सिमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको शुरुवात गरिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सदियौं देखि चलि आएको रीति रिवाज संस्कारलाई ध्यान दिंदै राज्य प्रदत्त जिम्मेवारी निर्वाह गर्नु पर्ने आवश्यकता रहेको जुन स्थानियहरुको सहयोग बिना असम्भव हुँने हुँदा नागरिकसँग निरन्तर सम्पर्क र समन्वयले सीमा सुरक्षा व्यवस्थापन, मजबुद एवम् प्रभावकारी हुने विश्वास व्यक्त व्यक्त गर्दै सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको महत्व माथी प्रकाश पार्नु भएको थियो ।

सिमा क्षेत्रका स्थानिय जनप्रतिनिधिहरुबाट सिमा सुरक्षा व्यवस्थापनमा भएको समन्वय र सहकार्यको प्रशंसा गर्दै नेपाल सरकारले सीमा स्तम्भ मर्मत गर्ने जिम्मा सशस्त्र प्रहरीलाई प्रदान गरेको र सो कार्य यही कार्तिक महिनाबाट शुरु हुने जानकारी समेत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकले दिनु भएको थियो ।

कार्यक्रममा उपस्थित मधेश प्रदेश अन्तर्गत अन्तराष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापन कार्यमा भईरहेका गतिविधिको सह्राहना गर्दै सीमामा देखा परेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाई आदि विषयमा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरुलाई जानकारी गराएको र यस प्रकारको कार्यक्रमहरु भावि दिनहरुमा समेत निरन्तर रुपमा आयोजना हुने र सुझावहरु कार्यान्वयन हुने कुरामा कुरामा विश्वास व्यक्त गरेका थिए । उक्त कार्यक्रम नजिकिदै गरेको नेपालीहरुको महान चाड शुभ विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको पुर्वसन्ध्यामा एकआपसमा शुभकामना आदान-प्रदान गरी समापन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM