Tuesday, October 15, 2024
घरक्राइम चेकशिक्षा शाखा प्रमुखमाथि वडा अध्यक्षहरूको दूर्व्यवहार, कारवाही गर्न सहायक प्रजिअसमक्ष ज्ञापन

शिक्षा शाखा प्रमुखमाथि वडा अध्यक्षहरूको दूर्व्यवहार, कारवाही गर्न सहायक प्रजिअसमक्ष ज्ञापन

-संजिव मिश्र

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाका वडा नं १ र ३ का वडा अध्यक्षहरुले शिक्षा शाखा प्रमुखलाई दुर्व्यवहार गरेकोमा कारवाहीको माग गर्दै पालिकाका कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

वडा नं १ का वडा अध्यक्ष अच्छेलाल महतो र ३ का वडा अध्यक्ष जयप्रकाश चौरसियालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी शिव कुमार लम्साललाई ज्ञापनपत्र बुझाएका छन् । वडा अध्यक्षहरुलाई कारवाही नहुन्जेलसम्म पालिकाको सम्पूर्ण कामकाज बन्द रहने समेत जानकारी दिएका छन् ।

शिक्षकहरूको काज सरुवाको विषयलाई लिएर मंगलबार पालिकाको कार्यालयमा गई वडा अध्यक्षहरुले नियोजित रुपमा गालीगलौज मानमर्दन तथा कुटपिट गर्ने समेत धम्की दिने वडा अध्यक्ष महतो र चौरसियालाई कारवाहीको माग गर्दै पालिकाका कर्मचारीहरुले सहायक प्रजिअ लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , रामेश्वर तिवारी लगायतको उपस्थिति ज्ञापन पत्र बुझाइएको हो ।

साथै यसै सम्बन्धमा स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिकाले कारवाही नहुन्जेलसम्म सेवा बन्द रहने विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिका अध्यक्ष रामाधार प्रसाद चौरसियाले एक विज्ञप्ति जारी गर्दै विन्दवासिनी गाउँपालिका कार्यालयमा आसमान नेपालले आयोजना गरेको कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष अक्षयलाल महतो तथा वडा नं ३ का वडाअध्यक्ष जयप्रकाश चौरसियाले शिक्षा अधिकृत तथा केही प्रधानाध्यापकहरुलाई अपशब्द प्रयोग गरेको, गालीग्लौज गरेको तथा कुटपिट गर्ने धम्की समेत दिएको घटनाहरु प्रति ध्यानाकर्षण भएको भन्दै यसरी स्थानीय जनसमूदायसंग प्रत्यक्ष कामकाज गर्ने कर्मचारीलाई गालीग्लौज गरी मनोबल खस्काउने कार्यको घोर भर्तस्ना गर्दै तथा निज वडाअध्यक्षहरुलाई कानुन बमोजिम कार्यवाही अगाडि नबढेसम्म यस कार्यालयमा सेवा प्रवाह बन्द गर्न बाध्य रहेको व्यहोरा अवगत गराउर्दै सम्बन्धित सम्पूर्ण पक्षहरुको ध्यानाकर्षण गराएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं भनी विज्ञप्तिमा उल्लेख छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -