२०८३ असार १९ गते, शुक्रबार ११:४२

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न – लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिनुभएको हो ?

काठमाडौं। एमाले नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सडकमा लाखौं मानिस उतार्ने धम्की कसलाई दिनुभएको हो ? भन्दै प्रश्न गरेका छन्।

सोमबार प्रधानमन्त्री दाहालले समाजवादी मोर्चाद्वारा धनगढीमा आयोजित कार्यक्रममा सडकमा लाखौं मानिस उतार्ने बताएपछि रावलले सामाजिक संजालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको प्रवेशबारे केही नबोल्ने तर सडकमा मानिस उतार्ने आफ्नो लागि या विदेशी हस्तक्षेपका विरोधीलाई हो? भनी कटाक्ष समेत गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्,‘सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो?आफैलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई?’

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM