२०८३ बैशाख २४ गते, बिहीबार १५:४०

रीना कुमारी नगरप्रमुखबाट पदमुक्त

वीरगंज/ रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साह पदमुक्त भएकि छिन् ।

मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

साह नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट निर्वाचित भए पनि उहाँले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको हो ।

 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनि माओवादी पार्टीको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद रिक्त भएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM