२०८२ माघ २९ गते, बिहीबार २१:२०

नेपाली सेनामा शर्मापछिको प्रधान सेनापति को हुने ?

काठमाडौं । तुलनात्मक रूपमा कम राजनीतिक हस्तक्षेप हुने नेपाली सेनामा प्रधान सेनापति चयन अन्य सुरक्षा निकायमा जस्तो भद्रगोल हुँदैन । सामान्यतया एक वर्षअघि नै भावी प्रधान सेनापतिको तय हुने परम्परा छ । हालका प्रधानसेनापति प्रभुराम शर्माको पदावधि अब करिब १० महिना मात्र बाँकी छ । अर्को वर्ष १५ भदौमा सैनिक नेतृत्व परिवर्तन हुँदैछ । तर, यो वर्ष भने भावी प्रधानसेनापति अझै तय हुन भइसकेको छैन ।स्रोतका अनुसार आगामी दुई साताभित्र भावी प्रधानसेनापतिबारे निर्णय हुँदैछ । प्रधान सेनापतिपछि दोस्रो उच्च पदमा रहेका बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकदेखि अवकाश पाउँदै छन् । उनको पदावधि थप हुने कि नहुने भन्ने विषयले नयाँ सैनिक नेतृत्व तय गर्नेछ ।

 

सैनिक स्रोतका अनुसार राणा आइतबारदेखि बिदामा बसेकाले उनको पदावधि थपिने सम्भावना देखिएको छैन । उनको अवकाशसँगै सेनामा एक उपरथी रथीमा बढुवा हुनेछन् । बढुवा हुने सैनिक अधिकारी नै आगामी भदौदेखि प्रधान सेनापति हुनेछन् ।

यसरी प्रधान सेनापतिको लाइनमा रहेका प्रमुख दाबेदार उपरथी ताराध्वज पाण्डे हुन् । उनी हालका उपरथीमध्ये सिनियर हुन् । उनीसँगै दोस्रो वरीयतामा अशोक सिग्देल पनि छन् । बढुवामा दुईबीच प्रतिस्पर्धा छ । यद्यपि सेनामा सामान्यतया वरीयता नमिच्ने परम्परा भएकाले पाण्डे नै भावी प्रधान सेनापति हुने सम्भावना रहेको एक उच्च सैनिक अधिकारी बताउँछन् । यद्यपि उपरथी सिग्देलले पनि बढुवाका लागि प्रयास गरिरहेको स्रोत बताउँछ ।हालै माओवादीका पूर्वलडाकु सहायक रथी यामबहादुर अधिकारीलाई भावी प्रधान सेनापतिमा अघि बढाउन खोजिएको विषयले सेना तरंगित बनेको छ । यद्यपि त्यसको लागि सेनाभित्र कुनै पनि तयारी नभएको स्रोत बताउँछ । अधिकारी प्रधान सेनापति बन्ने कुनै सम्भावना समेत नभएको सैनिक अधिकारी बताउँछन् ।हालै सरकारले उनको पदावधि थप गरिएको विषयमा यस्तो हल्ला चलेको थियो । तर, अहिलेको सैनिक ऐन र नियमावलीले पनि उनको सहायक रथीबाट माथि जाने सम्भावना छैन । किनकी विशेष दरबन्दी बनाएर उनलाई सहायक रथी बनाइएको थियो । उनको सोमबार वन निर्देशनालयमा पदस्थापन भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM