२०८२ माघ २६ गते, सोमबार ११:५२

प्रहरी चौकी तस्करको कब्जामा, इन्चार्ज सई फरार!

बारा । जिल्ला प्रहरी कार्यालय बाराको टोलीलाई प्रहरी चौकी छतवामा तस्करहरुको समूहले आक्रमण गरेको छ । सीमा क्षेत्रबाट निर्वाध तस्करी गर्दै आएका तस्करहरुलाई जिल्लाबाट टोली खटाएर नियन्त्रण गर्न खोज्दा उल्टै आक्रमण भएको छ ।

आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार पनि छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करहरुको समूहले आक्रमण गरेको छ ।

जिल्लाका विभिन्न नाकाबाट तस्करीका सामान भित्रिने गरेको सूचनापछि बारा प्रहरीले नाका नाकामा कडाइ सुरु गरेको छ । जिल्ला प्रहरीको टोली आइतबार धान बरामदपछि त्यस क्षेत्रमा तस्करी रोक्नका लागि सोमबार बिहान छतवा पुगेको थियो । तर तस्करी रोक्न पुगेको जिल्लाको टोलीमाथि एक्कासी तस्करको समूहले आक्रमण सुरु गरेको थियो ।

जिल्लाबाट खटिएको टोलीमाथि आक्रमण हुँदा छतवा चौकीका इन्चार्ज बरिष्ठ सई श्याम यादवसहित सबै प्रहरी चौकी नै खाली गराई हिंडेका थिए । तस्करहरुले सीमाका प्रहरी चौकी कसरी कब्जामा लिएर तस्करी गर्छन् भन्ने दृष्टान्त बाराको छतवा प्रहरी चौकीका प्रहरीहरु चौकी नै छाडेर हिंडेको घटनाबाट पुष्टि भएको छ ।

प्रहरी टोलीमाथि आक्रमण गरेको तस्करको समूहले आइतबार बरामद गरिएको १८ बोरा धान पनि लुटेर लगेको छ । बारा प्रहरीका अनुसार चौकी खाली गरेर भागेका दुई प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखी छानबिन भइरहेको छ ।

छतवा चौकीका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक श्याम यादव भने अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले चौकी खाली गरेर हिंडेकामध्ये छतवा चौकीका दुई प्रहरीलाई छानबिनका लागि ल्याइएको बताए । उनले भने- इन्चार्ज श्याम यादव सम्पर्कमा आइनसकेको र चौकी खाली गरेर हिंड्नेहरुको बारेमा अनुसन्धान भइरहेको छ ।

इन्चार्ज यादवले नै बरामद धान लिन गएका जिल्लाको प्रहरी टोलीमाथि स्थानीयलाई उचालेर आक्रमण गर्न लगाएको आरोप छ । चौकी नै खाली गरेर हिंडेका प्रहरीलाई निलम्बन गर्नका लागि बारा प्रहरीका एसपी सुरेश काफ्लेले प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्न लागेका छन् ।

बरिष्ठ सईसम्मको निलम्बन गर्ने अधिकार कानुनले प्रहरी महानिरीक्षकलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले निलम्बनको सिफारिस गर्न लगाएको थाहा पाएपछि चौकी छाडेर फरार भएका बरिष्ठ सई यादवले विभिन्न नेतामार्फत् दबाब दिन सुरु गरेका छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर चितवनको एसपी हुँदा श्याम यादव सादा पोशाकमा परिचालित घुमुवा थिए । त्यही सम्बन्धका आधारमा उनी कुँवरलाई भनसुन गरी चौकी नै खाली गरेर हिंडे पनि जोगिने दाउमा छन् ।

चौकी नै खाली गरी स्थानीयलाई उचालेर प्रहरीमाथि नै आक्रमण गर्न लगाउने श्याम यादवको अक्षम्य अपराधलाई आईजीपी कुँवरले माफ दिने संभावना भने कम छ । श्याम यादवले माओवादीका स्थानीय नेतामार्फत् गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म निलम्बन नगर्नका लागि गुहार मागिरहेको खबर नेपाल फेसले लेखेको छ।

यसैबीच बारा प्रहरीले भने अबैध धान सहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ।

सोमबार अं.३ बजेको समयमा जिल्लाको विश्रामपुर गा.पा. वडा नं. ०१ बटम चौक नजिक दशजगास्थित विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको BR05K9923, BR05AE6229, BR05AV6025, ना २०प १९५० नम्बरका ४ वटा मोटर साइकलहरुमा तीन वटाको दरले धान ल्याउँदै राख्दै गरेको १२ बोरा धान प्रहरी टोलीलाई देखि उक्त मो.सा. त्यही फालि चालकहरु फरार रहेको र जम्मा ५५ बोरा धान र मो. सा. नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दाधिराम न्यौपानेले बताउनु भयो।

त्यस्तै कलैया उ.म.न.पा. वडा नं. १० डिसेम्बरपुरबाट प्रहरीले भारतबाट कलैयातर्फ जाँदै गरेको ना २ ह ५२३६ नं. को अटोलाई रोकि चेक जाँच गर्दा १० थान LED(SKY LIFE LED) बिल भर्पाई नभएको र समानहरुको श्रोत खुल्न नआएपछि समानहरु सहित अटोलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रनाउ न्यौपानेले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM