२०८३ असार २८ गते, आईतवार ०१:००

नवरात्रीको दोस्रो दिन: आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

नवरात्रीको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरी मनाइँदै छ। बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा हुन लागेको हो।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौ‍ँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ। वीरगंजको गहवा माई मन्दिर, बिर्ता माई मन्दिर, पर्साको बिन्दवासिनी, बारागढ़ीमाई,  राजधानीको गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भऽकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन्।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुई‍ँचो लागेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM