२०८३ बैशाख ३१ गते, बिहीबार १३:०३

धनुषाको धनौजी नाकाबाट चाडवाड़ लक्षित तस्करीको लाइन संचालन

धनुषा/ चाडवाड़लाई लक्षित गरि धनुषा जिल्लाको धनौजी नाकाबाट तस्करी कार्यलाई निरन्तरता दिन सशस्त्र प्रहरी बल नेपालले लाइन दिएको खबर सार्वजनिक भएको छ।

बोर्डर आउट पोस्ट धनौजी क्षेत्रबाट स्थानीय तस्करहरूलाई चाडवाड़ लक्षित “विशेष लाईन”दिएइको तस्कर निकट स्रोतबाट बुझिन आएको छ।

सशस्त्र प्रहरीले तस्करहरूसँग डिलिङ गरेर “लाईन दिएपछि समतुल्ला, धर्बेन्द्र, नरेश, बरतुल्लाले तस्करी कार्यलाई अगाडी बढ़ाएका छन् । उनीहरूलाई कपडाको तस्करीकाे लाइन दिइएको छ ।

त्यसैगरी अलाउद्दीन, अयुब, रत्ना र कासिमले गाेरूकाे तस्करीकाे लाइन पाएका छन् । गाई गाेरूकाे तस्करी धनाैजीकाे इटर्वा नाकाबाट हुने गरेको छ । यो नाकाबाट हुने तस्करीकाे धन्दा गर्ने तस्करसँग रकम उठाउने काम घुमुवा सन्तोष साहले गर्दै आएका थिए । तर साह केहि दिन अघि सरुवा भएर गइसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM