Sunday, September 8, 2024
घरप्रदेशकर्णाली प्रदेशघटस्थापना गर्ने विधि, जानिराखौँ

घटस्थापना गर्ने विधि, जानिराखौँ

✍️ नारायण प्रसाद निरौला

(ज्योतिषाचार्य तथा वास्तुविद)

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्पक राखिन्छ । यसपछि कर्मपात्रादि निर्माण गरी प्रायश्चित्त गोदान एवं प्रतिज्ञासङ्कल्पपूर्वक शास्त्रीय विधि अनुसार दीप, कलश एवं गणेशजीको षोडशोपचारले पूजा हुन्छ ।

यसरी दीप, कलश एवं गणेशजीको पूजा गरिसकेपछि घटस्थापनाको कार्य आरम्भ हुन्छ । पूजास्थनको ईशानकोणमा (पूर्व र उत्तर दिशाको बीचस्थानमा) माटोको सुन्दर वेदी बनाउनुपर्छ (जहाँ कलश एवं जमराराख्न मिलोस्) । यसरी घडा राख्ने स्थानमा अष्टदल कमलको रेखी हाली टपरीमा धान राखी धानमाथि विशेष प्रकारले सिँगारिएको घडा (कलश) विधिपूर्वक स्थापना गर्नुपर्दछ ।

कलश माटो वा तामाको उत्तम मानिन्छ । कलशमा पञ्चपल्लव (पिपल, डुम्री, पाखरी, आँप र वरका पात), दुवो, सप्तमृत्तिका (सातठाँउको माटो- घोडा बसेको स्थान, हात्ती बसेको स्थान, पञ्चरत्न (सुन, हिरा, मोती, पद्मराग र नीलम), सार्वौषधी कुट, वेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोथो), सप्तमृत्तिका (धमिरो लागेको ठाँउको, नदीको संगम भएका ठाँउको, दहमा जमेको, राज दरबारका ढोकाको र गोठको माटो) राखी वस्त्र वेष्टित गरेर सजाइन्छ । त्यसपछि वरुणादि

सम्पूर्ण देवी देवताको आह्वान गरी विशेष मन्त्रले स्थापना गरिन्छ ।

सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन पनि हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा (कलशको) वरिपरि जमराका निम्ति छरिन्छ । यसरी कलशस्थापना गर्ने र जौ छर्ने पनि विशेष मन्त्र रहेका छन् ।

 

कलशस्थापना मन्त्र-

ॐ आजिग्घ्रकलशम्मह्यात्वाव्विशन्त्विन्दवः ।

पुनरूज्जानिवत्र्तस्वसानःसहस्रन्धुक्क्ष्वोरुधाराः

पयस्वतीः पुनम्माव्विशतावयिः ।।

 

जमराका निम्ति जौ राप्ने मन्त्र –

ॐ औषधय समवदन्तसोमेनसहराज्ञा ।

यस्म्मैकृणोतिब्ब्रहणस्त राजन्न्पारयामसि ।।

यसरी स्थापना गरिएका जौमा विशेष मन्त्रद्वारा साँझको समयमा पानी छर्किनु पर्दछ । उक्त छल छर्किन मन्त्र निम्नानुसार छ –

ॐ यव त्वं यवरूपोऽसि यज्ञार्थे निर्मितो विधेः ।

देवानां तृप्तिकृद्यस्मात्तस्मात्त्वं वरदो भव ।।

जमराका निम्ति जौ एवं माटो वा वालुकोको प्रकृतिअनुसार पानीको मात्र मिलाउन सकियो भने जमरा राम्रा उम्रने गर्दछन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -