Saturday, July 27, 2024
घरपत्रपत्रिकामनाङ एअरको हेलिकप्टर दुर्घटना

मनाङ एअरको हेलिकप्टर दुर्घटना

काठमाडौं । मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले नेपाल प्रेसलाई जानकारी दिए ।

हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको उनले बताए ।

आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।

 

राजस्व अनुसन्धानका अधिकृतद्वयका कारण उद्योगी व्यवसायी आतंकित
वीरगंज/ राजश्व अनुसन्धान कार्यालय पथलैयाका दुई जना अधिकृतका कारण बारा पर्साका उद्योगीहरू आतंकित भएका खबरहरू सार्वजनिक भएका छन्।

सो कार्यालयका कार्यालयका अधिकृत नवकुल शर्मा र नारायण खत्रीले दशैँ केन्द्रित अनुगमनको नाममा उद्योगी व्यवसायीलाई अनेक बहानामा तनाव दिन थालेपछि व्यवसायीहरू आतंकित हुन थालेको गुनासाहरू प्राप्त हुन थालेका छन्।

राजस्व अनुसन्धान कार्यालय पथलैयाकाे कार्य क्षेत्र रहेकका पर्सा, बारा, राैतहट र सर्लाही लगायतका व्यवसायी-व्यापारीहरूलाई फोन गरेर अधिकृतद्वयले कार्यालयमा भेट्न आउन भन्नुकाे साथै आफैँ व्यपारीहरुकाे व्यापारीक प्रतिष्ठान, कार्यालय चाहारेर आर्थिक लाभ लिने अभियानमा जुटेको एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए।

अधिकृत शर्मा र खत्रीमाथि नाम चलेका व्यापारीहरू कहाँ आफैँ पुगेर लाभ लिने गरेको आरोप लागेको छ भने साना व्यवसायीहरूको बिलबिजकलगायतका कागजात दुरुस्त रहेपनि मालवाहक गाडी रोकेर विभिन्न बहानामा बार्गेनिङ गर्ने, तर्साउने गरेका व्यवसायीहरूको गुनासो रहेको छ।

व्यवसायीका अनुसार मालवाहक सवारीका चालकसँग साहुकाे नम्बर मागी आफैँले फाेन गरेर कार्यालयमा भेट्न बोलाउने गरेको बताइन्छ। राजस्व अनुसन्धान कार्यालय बाट नै फोन आएपछि सबैभन्दा कमजोर मानिएका व्यवसायीहरू कार्यालय पुग्दा विभिन्न बहानामा तर्साएर बार्गेनिङ गर्ने गरेका छन् । उनीहरुले भने अनुसार भेटी नचढाएपछि मालवाहक सवारी साधनहरु नियन्त्रणमा लिनुकाे साथै सामानहरु गाडीबाट झारेर अनावश्यक दु:ख समेत दिने गरेका छन् ।

केही समय अघि सुचना अधिकारी समेत रहेका अधिकृत खत्रीले कार्यालयमा पुगेका पर्साका एक अवैध व्यवसायी, जाे व्यवसायीहरुकाे नेता पनि हुन्, उनलाई फुलमाला लगाएर स्वागत समेत गरेका थिए । अधिकृत खत्रीकाे याे रवैयाले राष्ट्र सेवक कर्मचारीहरुकाे मानमर्दन समेत भएकाे चर्चा सुनिन्छ।

अधिकृत शर्मा नेतृत्वकाे गस्ती टाेलीले केही दिन पहिला मात्र वीरगंजकाे लछुमनवास्थित रहेकाे न्युराे अस्पताल अगाडीकाे मुल सडकमा २३२१ नम्बरकाे औषधी बोकेकाे गाडी नियन्त्रणमा लिएका थिए ।

औषधीकाे भ्याट बिल भएपनि अनलाइन बिल नरहेकाे भन्दै नियन्त्रणमा लिएकाे गाडी “डिल गरेर” छोड़िदिएका थिए।

त्यसअघि पनि अधिकृत शर्मा नेतृत्वकाे गस्ती टाेली वीरगंजकाे ड्राइपाेर्टबाट निस्केकाे खसी बाेका वाेकेकाे २७३१ नम्बरकाे पिकअप गाडी पनि नियन्त्रणमा लिएकाे थियाे । साे गाडीकाे सवारी चालकसँग साहुकाे नम्बर समेत लिई अधिकृत शर्माले डीलिंग गरेर छाडिदिएको चर्चा चलेको थियो।

यी केहि प्रतिनिधि घटना मात्र हुन् । अधिकृतद्वय राजस्व अनुसन्धान कार्यालय, पाथलैया आएदेखिको दैनिकी नै यस्तै रहेका छन्। अधिकृतद्वयको आतंकबारे राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम प्रसाद देवकाेटा अनभिज्ञ छन् या आतंक मच्चाउन छुट दिएका हुन् सर्वत्र चासोको विषय बनेको छ।

यता राजस्व अनुसन्धान कार्यालयबाट उद्योगी व्यवसायीहरू आतंकित हुन थालेपछि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले प्रधानमन्त्रीलाई नै भेटेर सहजतापूर्वक व्यापार व्यवसाय गर्ने वातावरण निर्माणकालागि ध्यानाकर्षण गराएका छन् भने जनता समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले राजस्व अनुसन्धानको अनावश्यक आतंक नियन्त्रण हुनु पर्ने आवाज उठाएका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -