Tuesday, October 15, 2024
घरक्राइम चेकइजरायल घटनाप्रति पूर्व राजाद्वारा दुःख व्यक्त, फसेका नेपालीको उद्धार गर्न सरकारसँग आग्रह

इजरायल घटनाप्रति पूर्व राजाद्वारा दुःख व्यक्त, फसेका नेपालीको उद्धार गर्न सरकारसँग आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हमासको आक्रमणमा परी इजरायलमा दश जना नेपालीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले घटनाले आफूलाई गहिरो दुःख लागेको बताएका छन् ।

अध्ययन तथा रोजगारीको सिलसिलामा त्यहाँ रहेका हजारौं नेपाली युद्धको चपेटामा परेका भन्दै उनले तत्काल उपचार तथा उद्दारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले यसका लागि नेपालले शान्त कुटनीतिक क्षमता दर्शाउनुपर्ने बताएका छन् । उनले आजको दुनियाँमा युद्धले राम्रो नगर्ने भन्दै आपसी सम्बध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने बताएका छन् । शनिबार हमासले इजरायलमा गरेको आक्रमणबाट दश नेपालीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । त्यस्तै एक नेपाली विद्यार्थी सम्पर्कविहीन भएको बताइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -