२०८३ जेष्ठ ४ गते, सोमबार ०५:२२

विश्वासघातको आरोपमा अग्रवाल पक्राउ, थापा विरुद्ध पक्राउपूर्जी

काठमाडौं । चर्चित अभिनेता अनमोल केसीलाई थुनाएका निर्देशक सुदर्शन थापाविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।

प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

जाहेरीअनुसार प्रसाद-२ का निर्माताले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्‍याएकी दाबी गरेका छन् । यस्तै थापा र श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM