२०८३ असार २८ गते, आईतवार ०४:०५

कमल थापा भन्छन्: “धर्म परिवर्तनको महारोगले सद्भाव खलबलियो”

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन्। धरान, मलंगवा, वीरगञ्ज र नेपालगञ्जलगायतका क्षेत्रमा सामाजिक र धार्मिक सदभाव खलबलिए पछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘धार्मिक सद्भाव र सह अस्तित्व सनातन धर्म संस्कृति र नेपालको विशिष्टता हो,’ थापाले भनेका छन्, ‘धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति बिस्थापित गरी बिदेशी धर्म लाउने षड्यन्त्र भएपछि धर्मपरिवर्तनको महारोगले सद्भाव खलबलिएको हो।’

थापाले धार्मिक सदभाव कायम राख्न सबैले पहलकदमी लिनु पर्ने पनि बताएका छन्। ‘सनातन धर्म संस्कृतिको रक्षा गरौँ, धर्मपरिवर्तन रोकौं, सद्भाव आफै कायम हुन्छ,’ उनले आग्रह गर्दै भनेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM