Saturday, February 8, 2025
घरसमाचारअर्थवाणी६० किलो सुन तस्करी प्रकरण :  २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन...

६० किलो सुन तस्करी प्रकरण :  २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रतिवादी रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने अदालतको आदेश छ । २५ प्रतिवादीहरुलाई केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाइएको छ ।

गत साउन २ गते राजस्व अनुसन्धानले पक्राउ गरेका आरोपीहरुलाई सुन तस्करीमा संगठित अपराधमा अनुसधान गरी सीआईबीले भदौ ३१ गते मुद्दा दायर गरेको थियो । आरोपीहरुको बयान पछि १० असोजदेखि थुनछेक बहस थालिएकामा अदालतले आज दुवै तर्फका कानुन व्यवसायीको बहस पछि थुनामा राख्न आदेश दिएको हो ।हङकङबाट तस्करी गरेर काठमाडौं ल्याइएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा ९ विदेशीसहित २९ जना विरुद्ध मुद्दा दायर भएको थियो । आरोपीमध्ये २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -