२०८३ बैशाख ३१ गते, बिहीबार १४:४७

बारा प्रहरीद्वारा अबैध सामान सहित ट्रक नियन्त्रणमा

वीरगंज/ बारा प्रहरीले अवैध सामान लोड गरेको एउटा ट्रक नियन्त्रणमा लिएको छ।

बिहिवार राती १०:३० बजेको समयमा बाराको पथलैया चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट झापा तर्फ जाँदै गरेको ना.३.ख.१८३ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेको अन्दाजी मूल्य २८ लाख ५० हजार तीन सय ६३ रुपैयाँ मूल्य बराबरको खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM