Friday, April 12, 2024
घरक्राइम चेकतस्करीमा मुछिएका एसपी बाहिनीमा तानिए

तस्करीमा मुछिएका एसपी बाहिनीमा तानिए

लहान । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुकसैना नाकाबाट भन्सारी छली गरी भित्रिएको ३६ लाख बराबरको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी गण नम्बर ७ का एसपी प्रमोद भारती सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश, बर्दिबासमा तानिएका छन् । शुक्रबार राति राजस्वको टोलीले सुकसैना नाकाबाट भित्रिएको उक्त कपडा बरामद गरेको थियो ।

सशस्त्रका एसपीकै संरक्षणमा तस्करी हुँदैआएको र राजस्वले शुक्रबार साँझ ३६ लाख बराबरका कपडा बरामद गरेको समाचार सार्वजनिक भएपछि एसपीलाई बाहिनीमा तानिएको छ । मधेश प्रदेश बाहिनी बर्दिबासका डीआईजी दीपेन्द्र शाहले सिरहाका सशस्त्रका अधिकारीलाई सोधपुछका लागि बोलाइएको बताए । उनले भने–‘बाहिनीले सोधपुछका लागि त बोलाइरहन्छ नि ।’

बरामद कपडा मनोज भारती नामक ब्यापारीको भएको स्रोतले बताएको छ । स्रोतका अनुसार मनोज भारती एसपी प्रमोद भारतीका दाजु हुन्।

प्रमोद भारती सिरहाको एसपी भएदेखि नै माडर, ठाडी नाकाबाट ब्यापकरुपमा तस्करी हुँदैआएको छ । जसका कारण करोडौं भन्सार राजस्व अपचलन हुँदैआएको छ । यसअघि गएको भदौ २६ गते राजस्व अनुसन्धान इटहरीको टोलीले माडरको कालीचौकमा छापा हानी भन्सारछलीका २ गाडी कपडासहित २ जनालाई पक्राउ गरी लगेको थियो । उक्त गाडी पनि एसपी भारतीका दाजु मनोजकै भएको स्रोतले बतायो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments