२०८३ असार २८ गते, आईतवार ०६:०४

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ/आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले उकेरालाई बताए।

उनले फिल्म रावायणमा अभिनय गर्न सहमतहुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।

एसपी रेग्मीका अनुसार अनमोललाई छलफलका लागि पटक-पटक सम्पर्क गरेर बोलाउँदा पनि उनी नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति मागेको र अदालतबाट पक्राउ अनुमति आएपछि शुक्रवार भक्तपुरको साँगामा फेला परेपछि पक्राउ गरेको बताए। उकेराबाट

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM