२०८२ मंसिर २७ गते, शनिबार ०१:१५

वीरगंज महानगर बत्तिमुनिको अँध्यारो…! यो जिम्मेवारी कसको ? (भिडियो सहित)

धिरेन्द्र तिवारी/

वीरगंज/करोडौँ बजेट र सैयौँ जनशक्ति परिचालन गरेर वीरगंज महानगरलाई सफा र सुग्घर महानगर बनाउने अभियानमा लागेको वीरगंज महानगरपालिका नै बत्ति मुनिको अँध्यारो देखिएको छ।

सरसफाईको अभियानको नाममा सैयौँ जनशक्ति परिचालन गर्ने तथा महानगर क्षेत्रको सार्वजनिक स्थलमा कसैले फोहोर गरेमा जरिवाना र चिट थमाउने महानगर सरसफाई शाखा र त्यहाँका बाहुबली नगर प्रहरीहरू महानगर कार्यालय परिसरमैं रहेको शौचालय फोहोर र दुर्गन्धित रहेको किन देख्न सकेन? सर्वसाधारणहरुले प्रश्न गर्न थालेका छन्।

महानगर परिसरभित्र रहेको यो शौचालय एउटा प्रतिनिधि उदाहरण मात्र हो, महानगरको मुख्य क्षेत्र माइस्थान, आदर्शनगर, नारायणी अस्पताल, यातायात व्यवस्था कार्यालय, जिल्ला अदालत, उच्च अदालतलगायत जनताको बढ़ी चाप हुने क्षेत्रमा समेत शुलभ सार्वजनिक शौचालयको व्यवस्था महानगरले व्यवस्था गर्न नसक्दा आम सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ।

जिल्ला समन्वय समितिको अगाडी रहेको शौचालय समेत पनि महानगरले भत्काई दिएपछि अदालतमा र त्यस क्षेत्रमा आउने हजारौँ महिला, बृद्ध लगायत सर्वसाधारणहरूले शौचालयको अभावमा सस्ती भोगनु परेको बताउँछन्।

वीरगंज वडा न.१३ मा जिल्ला समन्वय समिति अगाडी महानगरपालिकाले सौन्दर्यकरण त गर्यो तर त्यहाँ भएको २ वटा चापाकल, एउटा शौचालय र एउटा पिसाब फेर्ने ठाउँ भत्काएर नस्ट गरिदियो र त्यहि बेला देखि टावर लाइट पनि बलिरहेको छैन। टावर लाइट नबलेपनि फरक पर्दैन तर चापाकल र एउटा पिसाब फेर्ने ठाउँ नहुँदा सर्वसाधारणले अब यस ठाउँमा कसको पालामा बन्छ हेर्न बाँकी छ भनेर प्रश्न गर्छन्। फोटो: उमेश कुशवाहा

वीरगंज महानगरपालिका मात्र होइन देश नै दिशामुक्त क्षेत्र घोषणा भइसकेपनि आवश्यक पूर्वधार निर्माण र व्यवस्थापनमा मधेश प्रदेशको एक मात्र महानगरपालिका उदासिन देखिनु दुर्भाग्यपूर्ण रहेको आगन्तुकहरूले गुनासो गरेका छन्।

साबिक जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति अगाडी रहेको शौचालय जुन वर्तमानमा महानगर ले भत्काई दिएको छ

बाटो हिंड्दा वा काम विशेषले वीरगंज बजारको भ्रमणमा आउने बिद्यार्थी, महिला, बृद्ध एवं आगन्तुककहरूकालागि माईस्थान बाहेक न कतै व्यवस्थित पार्क अर्थात् विश्रामस्थल, प्रतीक्षालयको व्यवस्था गरेको छ न त सार्वजनिक शौचालय वा खानेपानीको नै…!

महानगरपालिका जनमैत्री हुन नसक्नु नेतृत्व क्षमतामाथि नै प्रश्न उठन थालेको छ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM