२०८२ असार २१ गते, शनिबार २२:४६

लागुऔषधसहित एक पक्राउ

वीरगंज/ पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा बुधवार साँझ करीब ५ बजेको समयमा वीरगंज-१६ स्थित शंकराचार्य गेट स्थित सडकखण्डमा रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको प्र.२-०२-०७४ प ७४९५ नं को स्कुटीलाई रोकी कानूनी रीत पुऱ्याई खानतलासी गर्दा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं. ४ बस्ने वर्ष ३४ को अजित तामाङले उल्लेखित नम्बरको स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध Onrex 100 ml को ६९ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।

उल्लिखित स्कुटी लागु औषधसहित निज तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रनाउ थापाले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM