वीरगंज/सर्लाहीमा जिल्ला प्रहरी कार्यालय, क्राइम टोली र मातहतकै प्रहरी चौकीहरूको प्रत्यक्ष सहयोगमा संचालित तस्करीको लाइनबाट भित्रिएका भन्सार राजस्व छलिका सामानहरू प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार, क्राइम टोलीका वरिष्ठ प्रहरी निरीक्षक अरुण यादवले जिल्ला प्रहरी प्रमुखलाई पत्तै नदिई जिल्लाभरीका तस्करहरूसँग सेटिंग गरी लाईन दिएको चर्चा प्रहरी भित्रै चलिरहेको समयमा प्रहरी चौकी ब्रह्मपुरी अगाडीबाट नै प्रदेश प्रहरीको टोलीले शनिवार १५ लाख भन्दा बढ़ी मूल्य बराबरका तस्करीका सामानहरू नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतको प्रहरी चौकीहरुले तस्करीको लाइन दिएको पुष्टी हुन आउँछ।
प्रहरी चौकी त्रिभुवननगरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक म. लतिफ, प्रहरी चौकी ब्राह्मपुरीका प्रहरी सहायक निरीक्षक संजय राय एवं प्रहरी हवल्दार राम अयोध्या यादवलाई जिल्ला प्रहरीका डिएसपी पंजियार एवं क्राइम का बरिष्ठ सई अरुण यादवले संकेत दिएपछि भारतबाट खुल्लेयाम तस्करी गर्न लाईन दिईएको सूचना प्रदेश प्रहरी कार्यालयमा पुगेपछि शनिवार गएको टोलीले भारतबाट तस्करी गरी ल्याइएका करिब १५ लाख भन्दा बढी मूल्य बराबरका किराना आइटम, कस्मेटिक सामान, बच्चा एवं ठूला समेतका रेडिमेड कपडा, भारतीय धारा एवं जय हनुमान ब्राण्डका खानेतेलहरू बसमा लोड गर्न लागेको अवस्थामा प्रहरी चौकी ब्रम्हपुरीकै अगाडीबाट नियन्त्रणमा लिएको बुझिन आएको छ ।
सर्लाहीबाट लाईन संचालनमा समचारहरूमा आउन थालेपछि केहि दिन अगाडी राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले तस्कर संतोष डीलरको हरिवन स्थित गोदाममा छापा हानेर करोडौँको सामान नियन्त्रणमा लिएको थियो।
सर्लाही जिल्लाका सिमानाकाहरुबाट यतिखेर तस्करहरु सन्तोष डिलर भनी चिनिने किराना समाग्रीको निर्वाध तस्करी गर्दै आएका छन् भने विजयले कपडा र सुर्तीको अवैध चोरी पैठारी गरिरहेका छन् ।
कपडाकै अवैध कारोवारमा जिल्लाका हिरिया/जिरियाका समुह सहित सिमावर्ती भारतीय नागरिक विजय/पुकार समुहले पनि दैनिक करोडौ मूल्य बराबरको कपडा भन्सार राजस्व छली गरी नेपाल भित्रियाउने गरेको श्रोतको दावी छ ।
त्यस्तै भाइलोग भन्ने अर्का समुहले नेपालबाट चाइनिज लगायत फौरन गुड्स सामग्रीहरु भारत तर्फ अवैध रुपले लैजाने गरेको श्रोतले जनाएको छ ।
यसरी नै हासिम, उमेश, महेश, इन्दल यादव, प्रगास यादव, विजय साह, भगत जी, हुशेनी, सरिता चौधरी, रिता, माधव लगायतले कपडा भारतबाट अवैध रुपले भन्सार राजस्व छली गरी सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाइहरुका प्रमुखको सहकार्यमा नेपाल भित्रियाउने गरेको श्रोतले जनाएका छन ।
त्यसै गरी विरेन्द्र, सुबोध, राजा र चौधरीले हार्डवेयर समाग्रीहरु अवैध रुपले पैठारी गर्ने गरेका छन भने विरेन्द्र साह, अशोक साह, राकेश साह र नविन सिंहले नेपालबाट कवाड भारत तर्फ लैजाने गरेको श्रोतको दावी छ ।
यसरी नै वरिष्ठ प्रहरी नायव निरीक्षक यादवको सह पाएर सीमा क्षेत्रका प्रहरी इकाईहरुमा परिचालित इन्चार्जहरु कै सहकार्यमा भैंसी, गाई, गोरु, रक्सी र कुखुराको अवैध ओसार पोसार सहजै रुपमा हुने गरेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।
तस्करी नियन्त्रणको मुख्य जिम्मा पाएका सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेक्वा सर्लाही र मातहतका बिओपीहरू पनि तस्करले चुहावट गर्ने करमा तर मारेर लाईन दिएको यी घटना क्रमहरुले प्रष्ट हुन्छ।