२०८२ माघ २६ गते, सोमबार १२:२२

सर्लाहीमा तस्करीको लाईन, प्रदेश प्रहरीको टोलीद्वारा हस्तक्षेप

सर्लाही प्रहरीकै संरक्षणमा तस्करीः प्रदेश प्रहरीको टोलीद्वारा लाखौंको सामान नियन्त्रण

सर्लाही/सर्लाहीमा प्रहरीकै संरक्षण निर्लज्जतापूर्वक तस्करी मौलाएपछि प्रदेश प्रहरीको टोलीले हस्तक्षेप गरेको छ ।

प्राप्त समाचारअनुसार शनिवार प्रदेश प्रहरीको टोलीले सर्लाहीको प्रहरी चौकी ब्रम्हपुरीको अगाडीबाट

१५ लाख भन्दा बढी मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षकलाई झुक्याएर प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार, क्राइम टोलीका बरिष्ठ प्रहरी नायब निरीक्षक अरुण यादव, प्रहरी चौकी त्रिभुवन नगरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक म.लतिफ मिया, प्रहरी चौकी ब्रम्हपुरीका प्रहरी सहायक निरीक्षक संजय राय एवं प्रहरी हवल्दार राम अयोध्या यादवको सेटिङमा तस्करहरूले लाईन पाएर भारतबाट भन्सार राजश्व छलि अवैध रुपमा नेपाल भित्रियाएको करिब १५ लाख भन्दा बढी मूल्य बराबरका किराना आइटम, कस्मेटिक सामान, बच्चा एवं ठूला समेतका रेडिमेड कपडा, भारतीय धारा एवं जय हनुमान ब्राण्डका खानेतेलहरू बसमा लोड गर्न लागेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्रहरी चौकी ब्रम्हपुरीकै अगाडीबाट नियन्त्रणमा लिएको बुझिन आएको छ ।

यस अघि राजश्व अनुसन्धान कार्यालय पथलैयाले हरिवन स्थित सन्तोष डिलरको गोदममा छापामारी गरी करोडौं मूल्य बराबरको राजश्व छलिका सामानहरू नियन्त्रणमा लिएपछि केही दिनकालागि तस्करी रोकिएको नाटक गरेपनि पुनः सर्लाही जिल्लाका सिमानाकाहरुबाट तस्करहरु सन्तोष डिलर भनी चिनिने किराना समाग्रीको निर्वाध तस्करी गर्दै आएका छन भने विजयले कपडा र सुर्तीको अवैध चोरी पैठारी गरिरहेका छन ।

कपडाकै अवैध कारोवारमा जिल्लाका हिरिया/जिरियाका समुह सहित सिमावर्ती भारतीय नागरिक विजय/पुकार समुहले पनि दैनिक करोडौ मूल्य बराबरको कपडा भन्सार राजस्व छली गरी नेपाल भित्रियाउने गरेको श्रोतको दावी छ ।

त्यस्तै भाइलोग भन्ने अर्का समुहले नेपालबाट चाइनिज लगायत फौरन गुड्स सामग्रीहरु भारत तर्फ अवैध रुपले लैजाने गरेको श्रोतले जनाएको छ ।

यसरी नै हासिम, उमेश, महेश, इन्दल यादव, प्रगास यादव, विजय साह, भगत जी, हुशेनी, सरिता चौधरी, रिता, माधव लगायतले कपडा भारतबाट अवैध रुपले भन्सार राजस्व छली गरी सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाइहरुका प्रमुखको सहकार्यमा नेपाल भित्रियाउने गरेको श्रोतले जनाएका छन ।

त्यसै गरी विरेन्द्र, सुबोध, राजा र चौधरीले हार्डवेयर समाग्रीहरु अवैध रुपले पैठारी गर्ने गरेका छन भने विरेन्द्र साह, अशोक साह, राकेश साह र नविन सिंहले नेपालबाट कवाड भारत तर्फ लैजाने गरेको श्रोतको दावी छ ।

यसरी नै वरिष्ठ प्रहरी नायव निरीक्षक यादवको सह पाएर सीमा क्षेत्रका प्रहरी इकाईहरुमा परिचालित इन्चार्जहरु कै सहकार्यमा भैंसी, गाई, गोरु, रक्सी र कुखुराको अवैध ओसार पोसार सहजै रुपमा हुने गरेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM