Thursday, January 16, 2025
घरसमाचारअर्थवाणीअवैध सुन कारोबारमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सोनार सँगै पर्साका दर्जन...

अवैध सुन कारोबारमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सोनार सँगै पर्साका दर्जन व्यवसायीमाथि छानबिन

वीरगंज/ ६० किलो सुनकाण्ड एवं भंसार छलि गरी अवैध सुन ओसार पसार कार्यमा प्रहरीले सूक्ष्म निगरानी बढ़ाएसँगै दुई नम्बरी सुन व्यवसायीहरू तनावमा छन्।

समाचार स्रोतका अनुसार नेपाल सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भूलन साह सोनार पनि प्रहरीको निगरानीमा रहेका छन् । भूलनले विभिन्न कम्पनीको नाउँबाट कारोबार गरेपनि उनले वीरगंजका अन्य व्यवसायीलाई सुन नदिएर भारत तर्फ तस्करी गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाउने गरेपछि उनीको गतिविधिलाई पनि प्रहरीले निगरानी बढाएको छ ।

त्यस्तै नेपालमा हुण्डी र जाली नोटको कारोवारमा संलग्न रहदै आएका सन्तोष जैन र उनका छोराहरु सौरभ जैन तथा अंकुर जैनको नाउँ समेत सुनचाँदीको अवैध कारोवार गर्नेको सूचिमा रहेको स्रोतको भनाई छ । जैनका विरुद्ध स्थानीय प्रहरी प्रशासनमा हुण्डी र मिटरव्याजीको आरोपमा पटक पटक उजुरी पर्ने गरेको छ ।

त्यस्तै वीरगंजका सुनचाँदी व्यवसायी अभिषेक सर्राफको नाउँ समेत चर्चामा छ । अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सर्राफ ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट अभिषेकले कारोवार गर्ने गरेको स्रोतको भनाई छ ।

 

त्यसतै शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्समा हुने कारोवारलाई समेत प्रहरीले निगरानी गरेको स्रोतको भनाई छ ।

वीरगंजका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रवीन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन ।

नेपाल सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफको नाम मुछिएको भन्दै पक्राउ गरेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -