Friday, April 12, 2024
घरसमाचारअर्थवाणीअवैध सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिव पक्राउ

अवैध सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिव पक्राउ

वीरगंज/अवैध सुन प्रकरणमा लामोसयम देखि संलग्न रहदै आएका बाराका व्यवसायी शिवकुमार सर्राफ पक्राउ परेका छन् । ६० किलो सुन प्रकरणमा सर्राफ पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।

शिव कुमार सर्राफ बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् । त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए ।

पक्राउ परेका सर्राफलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । प्रहरीले वीरगंजदेखि इटहरी सम्मका करिव तीन दर्जन कारोवारीलाई निगरानीमा राखेको छ ।

कलैयाका व्यापारी शिवकुमार सर्राफ पक्राउ परेपछि वीरगंजमा सुनचाँदीको अवैध कारोवारमा संलग्नहरुमा खैला वैला मच्चिएको छ । वीरगंज, कलैया, गौर, मंलगवा, जलेश्वर, जनकपुर, लाहान, विराटनगर र इटहरीमा रहेका करिव तीन दर्जन सुनचाँदीको कारोवारमा संलग्न तस्करहरु भागाभाग भएको छ ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो। त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । रेसखबर

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments