Tuesday, October 15, 2024
घरसमाचारअर्थवाणीभैरहवा भन्सारबाट हाकाहाकी "लाइन" संचालन

भैरहवा भन्सारबाट हाकाहाकी “लाइन” संचालन

काठमाण्डौ/तस्करी साम्राज्यमा कुख्याती कमाएका तस्करहरू अहिले भैरहवा भन्सार आफ्नो कब्जामा लिएर हाकाहाकी तस्करीको “लाइन” संचालन गरिरहेको खबर बाहिरिएका छन् ।

पछिल्ला केहि घटनाक्रमले भैरहवा भन्सारमा तस्करहरू रजगज रहेको पुष्टी हुन आएको छ ।

प्राप्त खबर अनुसार नक्कली प्रज्ञापन र बैंक भौचरको आधारमा माछा पैठारीको घटना होस् वा प्लाष्टिकको दाना घोषणा गरेर महंगा कपडा एवं काजु किसमिकको ट्रक नै भैरहवा भंसार कार्यालय परिसरबाटै नेपाल भित्रियाउने प्रकरणले भन्सार कार्यालय तस्करहरूको कब्जामा रहेको सहजै बुझ्न सकिने अवस्था देखिन्छ ।

पर्सा जिल्लामा संस्थागत तस्करी बन्द हुनु र भैरहवा भन्सार प्रमुखमा मणिराम पौडेलको आगमनसँगै देशका कुख्यात तस्कर राजु थापाका साथै वीरगंजबाट तस्करी गर्ने तस्करहरू रामाशंकर, मदन, गुड्डु, रजनीशलगायतका तस्करहरू वीरगंज छोडेर भैरहवाबाट नै दैनिक करोडौं राजश्व छली गरी भन्सार कार्यालय प्रांगनलाई नै प्रयोग गरेर अत्याधिक भन्सार दरबन्दी लाग्ने महंगा कपडा, हार्डवेयर, काजु, खाद्यान्न सामग्री लगायत विलासिताका सामानहरू भित्रियाएर नेपाली बजारमा पठाउने गरेको स्रोतले जनाएको छ ।

यसैक्रममा भदौको पहिलो हप्ता भैरहवा भन्सार कार्यालयबाट निस्किन लागेको ना.५ ख. ३३६ र यु.पी. जि टि ०५७८ नम्बरको ट्रकमा प्लास्टिकको दाना भनेर करोडौं मूल्य बराबरको कपडा र काजु किसमिस पैठारी गर्न खोज्दा भन्सार विभागको निर्देशनमा नियन्त्रण लिई चालकहरूलाई फरार गराएको आरोप भन्सार प्रमुख पौडेलमाथि लागेको छ ।

देशको अर्थतन्त्र खस्कँदा अवस्थामा पुर्‍याउन मणिराम पौडेलजस्ता अधिकारीहरू सक्रिय देखिएका छन् ।

सरकार अर्थतन्त्र उकास्न जुटेका बेला पौडेलजस्ता अधिकारीहरू नेपाल–भारत सीमावर्ती क्षेत्रका नामूद तस्करहरूसँग मिलेर सरकारको नीतिलाई असफल पार्न उद्धत देखिएका छन् ।

उता मधेश प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा, धनुषा र सप्तरी लगायतका जिल्लाबाट पनि निर्वाध तस्करी लाईन संचालनमा रहेको घटनाहरू बाहिरिएकै अवस्था छ ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राजश्व अनुसन्धान कार्यालय लगायतका नियमनकारी निकायलाई प्रभावमा पारेपछि तस्करहरू उच्च मनोबलका साथ तस्करी धन्दा चलाएको पाइएको छ । जसको ज्वलन्त उदाहरण मकवानपुर प्रहरीले रातोमाटेमा करोडौं मूल्य बराबरको अवैध कपडा र रक्सी बोकेको भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिनु र सर्लाहीको हरिवनस्थित सन्तोष डिलरको गोदामबाट पनि झण्डै तीन करोड मूल्य बराबरको अवैध चिनी, दाल, चामल, काजुलगायतका सामानहरू राजश्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिनुलाई लिन सकिन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -