Sunday, April 21, 2024
घरक्राइम चेकपोर्चुगलको प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ

पोर्चुगलको प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ

काठमाडौं। पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका-४ खलंगा घर भई हाल काठमाडौं-२६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन्।

उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -