२०८२ मंसिर २१ गते, आईतवार २१:२९

तस्करको गोदाममा राजस्वको छापा, प्रहरीको सेटिङमा तस्करी भैरहेको पुष्टी

वीरगंज/भारतसँग सीमा जोड़िएका सर्लाहीको विभिन्न नाकाबाट प्रहरीकै सेटिङमा तस्करी भैरहेको पुष्टी भएको छ।

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल एवं नेपाल प्रहरीका अनेकौँ चौकी, पोस्ट, बिओपीहरू लाई प्रभावमा पारेर तस्करले भंसार राजस्व छलेर भारतबाट अवैध रुपमा भित्र्याएका सामान भण्डारण गरेर राखेको गोदाममा राजस्व अनुसन्धान कार्यालयले छापामारी गरेर नियंत्रणमा लिएपछि तस्करी भैरहेको पुष्टि हुन आएको हो।

सर्लाही जिल्लाको सिमावर्ती क्षेत्रबाट भन्सार छली (तस्करी) गरी ल्याइएको करोडौं मुल्य बराबरको सामानहरु राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएको छ ।

सर्लाहीका कुख्यात तस्कर भनी परिचित सन्तोष डिलरको सर्लाही जिल्ला स्थित हरिवनमा रहेको गोदाममा छापामारी गरी राजस्व अनुसन्धान कार्यालयले करोडौं मुल्य बराबरको भन्सार छली गरी ल्याइएको दाल, चामल, चिनि, तेल, जिरा, धनिया, काजु, किसमिस, रजनिगन्धा, गुट्का लगायतका सामानहरु नियन्त्रणमा लिएको बुझिन आएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धान शाखामा कार्यरत वरिष्ट प्रहरी नायव निरिक्षक अरुण यादवको संरक्षणमा सिमावर्ती क्षेत्रबाट निर्विवाद तस्करी भइ रहेको भन्ने समाचार सार्वजनिक भएको तीन दिन नवित्दै राजस्व अनुसन्धानले छापामारी गरी सन्तोष डिलरको गोदामबाट अवैध सामान बरामद गरेको हो ।

सामाचार श्रोतका अनुसार हरिवन स्थित सन्तोष डिलरको गोदामबाट दाल पोलिस गर्ने उपकरण लगायत विभिन्न सामग्रीहरु समेत राजस्वले नियन्त्रणमा लिएको छ ।

राजस्व अनुसन्धान कार्यालयले सन्तोषको गोदामबाट तीन ट्रक मालसामान झिकेर इलाका प्रहरी कार्यालय हरिवनमा राखेका छन भने गोदाममा रहेको अझ ४-५ ट्रक मालसामान सिलबन्दी गरेको बताइएको छ ।

अहिले सर्लाही जिल्लाका सिमानाकाबाट सशस्त्र प्रहरी बलका इकाई संगै नेपाल प्रहरीका इकाईको समेत सहमतीमा तस्करहरुले भारतबाट कपडा, हार्डवेयर, किराना सामग्री, सुर्ति लगायतका सामानहरु भन्सार राजस्व छली गरी सहजै नेपाल भित्र्याउने गरेको समाचार श्रोतले जनाएको छ ।

जसको ज्वलन्त उदाहरणका रुपमा सिमा क्षेत्रबाट अवैध रुपले भित्र्याइएको मालसामानहरु मलंगवा लगायतका स्थानहरुमा भण्डारण गरिएको अवस्थाबाट बरामद हुनु र सीमा भन्दा १०-१५ किलोमिटर नेपाल भित्रबाट पिकअपमा अवैध सामानहरु बरामद हुनुको साथै शनिवार हरिवन स्थित सन्तोषको गोदामबाट करोडौं मुल्य बराबरको अवैध सामान बरामद हुनुलाई लिन सकिन्छ ।

समाचार श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध नियन्त्रण शाखामा कार्यरत वरिष्ठ प्रहरी नायव निरिक्षक अरुण यादव नेतृत्वमा रहेका सहायक प्रहरी हवल्दार रामअयोध्या यादव, प्रज सम्भु यादव र सुबोध पटेलका टोलीले जिल्लाका सिमावर्ती मुख्य नाका गोरखकाली प्रहरी चौकी, त्रिभुवननगर प्रहरी चौकी, नारायणपुर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय संग्रामपुर, भारसर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय फेनहारा, मधुवनगोठ प्रहरी चौकी, बाराउधोरद प्रहरी चौकी, मधुवनी गाउ प्रहरी चौकी, पर्सा प्रहरी चौकी, अर्नाहा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बलरामा आ-आफ्ना सेटिङका इन्चार्जहरु पठाएर तस्करहरु मार्फत रकम अशुली गरिरहेको बताइन्छ ।

श्रोतका अनुसार वर्तमान समय सर्लाही जिल्लाका सिमानाकाहरुबाट तस्करहरु सन्तोष डिलर भनी चिनिने किराना समाग्रीको तस्करी गर्दै आएका छन् भने विजयले कपडा र सुर्तीको अवैध चोरी पैठारी गरिरहेका छन ।

कपडाकै अवैध कारोवारमा जिल्लाका हिरिया/जिरियाका समुह सहित सिमावर्ती भारतीय नागरिक विजय/पुकार समुहले पनि दैनिक करोडौ मुल्य बराबरको कपडा भन्सार राजस्व छली गरी नेपाल भित्रियाउने गरेको श्रोतको दावी छ ।

त्यस्तै भाइलोग भन्ने अर्का समुहले नेपालबाट चाइनिज लगायत फौरन गुड्स सामग्रीहरु भारत तर्फ अवैध रुपले लैजाने गरेको श्रोतले जनाएको छ ।

यसरी नै हासिम, उमेश, महेश, इन्दल यादव, प्रगास यादव, विजय साह, भगत जि, हुशेनी, सरिता चौधरी, रिता, माधव लगायतले कपडा भारतबाट अवैध रुपले भन्सार राजस्व छली गरी सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाइहरुका प्रमुखको सहकार्यमा नेपाल भित्रियाउने गरेको श्रोतले जनाएका छन ।

त्यसै गरी वीरेन्द्र, सुबोध, राजा र चौधरीले हार्डवेयर समाग्रीहरु अवैध रुपले पैठारी गर्ने गरेका छन भने विरेन्द्र साह, असोक साह, राकेश साह र नविन सिंहले नेपालबाट कवाड भारत तर्फ लैजाने गरेको श्रोतको दावी छ ।

यसरी नै वरिष्ठ प्रहरी नायव निरिक्षक यादवको सह पाएर सिमा क्षेत्रका प्रहरी इकाईहरुमा परिचालित इन्चार्जहरु कै सहकार्यमा भैंसी, गाई, गोरु, रक्सी र कुखुराको अवैध ओसार पोसार सहजै रुपमा हुने गरेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन ।

समग्रमा भन्ने हो भने नेपाल सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागी विभिन्न नितिनियमका साथै निर्देशन दिइरहेको अवस्थामा सर्लाही जिल्लामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सिमावर्ती क्षेत्रमा परिचालित प्रमुखहरुकै सहकार्यमा दैनिक करोडौ राजस्व चुहावट हुने गरी अवैध ओसार पोसार भइ रहेको पाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM