Friday, April 12, 2024
घरपत्रपत्रिकासशस्त्र प्रहरीमा दाईभाईद्वारा शक्तिको दुरूपयोग

सशस्त्र प्रहरीमा दाईभाईद्वारा शक्तिको दुरूपयोग

काठमाडौं । सशस्त्र प्रहरीमा दाईभाई मिलेर शक्तिको दुरुपयोग गरेको पाइएको छ । सशस्त्र प्रहरी महानीरिक्षक कार्यालयमा रहेका डिएसपी सुदीप रेग्मीले अनुगमनको जिम्मा पाएका छन् । उनले देशभरका उजुरीहरुलाई अनुगमन र गर्ने र रिपोर्ट गर्ने काम गर्छन । सशस्त्र प्रहरी बलमा रहेका यूनिटहरुले गल्ती गरेमा उनीहरुको बारेमा सिधै रिपोर्ट गर्ने उनको काम हो । तर, रौतहटका सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा फस्टाएको अवस्थामा पनि सचिवालय मौन रहेको छ । त्यहाँ तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने र नेपाल प्रहरीले तस्कर समाउने गरिरहेको बेला त्यहाँ एसपी माधव रेग्मीको विषयमा भने उनी मौन रहेका छन् । गत हप्ता मात्रै त्यहाँको इलाका प्रहरी कार्यालय गरुडको टोलीले १२ सय कुखुराका चल्ला नियन्त्रणमा लिएको थियो । भारतबाट रौतहटको बंकुल नाका हुँदै अवैध रुपमा भित्रिएको ती कुखुराका चल्लाहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले छाडेको रिपार्ट हल्चोक मूख्यालयमा पुग्यो । तर त्यसको रिपोर्ट डिएसपी सुदीप रेग्मीले माथिल्लो तहलाई दिएनन ।

त्यस्तै बंकुल नाका भएर अवैध रुपमा ४ ओटा मोटरसाइकल र २ ओटा साइकलमा भित्रिएको सामग्री नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले भारतबाट भित्रिएको १२ बोरा आलु, २ बोरा प्याज, २ बोरा चिनी र २ टिन तेल बरामद गरी भन्सारमा बुझाएको थियो ।यसैगरी यमुनामाई गाउँपालिका–५ इद्रिस गेटमा सवारी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ५१४४ नम्बरको शान्ति डिलक्स रात्रि बसबाट २१ लख ६४ हजार रुपैयाँ बराबरको कपडा बरामद भएको थियो । भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरु राजधानी काठमाडौँ लैजान लागेको अवस्थामा भेटिएपछि सशस्त्र प्रहरीले बसका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको थियो ।

रौतहटको महादेवपटी, बन्जरहा, औरैया, मठिया, जयनगर, रामपुरखाप, नरकटिया नाका हुँदै खुलेआम तस्करी भइरहेको अवस्थामा पनि सशस्त्र प्रहरी मौन रहँदा त्यहाँका कमाण्डर रेग्मीमाथि प्रश्न उठेको थियो ।जिल्लाको विभिन्न नाकाबाट तस्करी अनियन्त्रित रुपमा भइरहेको भए पनि तस्करी रोक्न सीमामा खटिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख भने तस्करी नियन्त्रणमा मौन रहेको स्रोतको दावी छ । त्यहाँ डिउटीमा सशस्त्र प्रहरी खटिएको भएता पनि उनीहरु मौन बस्नुले माथिकै आदेशमा मौन बसेको जस्तो देखिएको थियो । उनीहरुको आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको रिपोर्ट प्रहरी मुख्यालयमा पुगेको थियो ।

नेपाल र भारतको सिमानाका सशस्त्र प्रहरीलाई कडाई गर्न मूख्यालयले दिएको निर्दैशनमा समेत रेग्मी दाजुभाईले बद्नाम गरेका हलचोकमा चर्चा चलेको छ । आइजीपी राजु अर्यालले सीमा क्षेत्रमा हुने तस्करी रोक्न मातहत निकायलाई कडा निर्देशन दिएका छन् । तर, मुख्यालयको अनुगमनमा रहेका कमाण्डमा रहेकाहरुको मिलेमतोमा तस्करीलाई बढुवा दिने गरिएको स्रोतको दाबी छ ।

यसअघि टोपबहादुर डाँगीले अनुगमनका नाममा गलत रिपोर्ट बुझाएर आफै बाराको कमाण्ड गर्न गएका थिए । सो टोलीमा रेग्मीपनि सहभागी भएको र सीमा क्षेत्रमा रहेका कमाण्डरसँग मिलेर आइजीपी कार्यालयलाई गलत रिपोर्ट दिने गरेको स्रोतले जनाएको छ । हल्चोक मुख्यालयमा उनलाई छायाँ आइजीपी पनि भनिन्छ । तर, आइजीपीले विश्वास गर्दा उनले विश्वासघात गरेको त्यहाँभित्रका इमानदार कर्मचारीको दाबी छ । साभार: दृष्टि न्यूज़

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments