२०८३ जेष्ठ ४ गते, सोमबार १३:०१

नेपाल प्रहरीको ठेक्कामा चलखेल शुरू

काठमाडौं । नेपाल प्रहरीमा फेरि ठेक्कामा ठूलो चलखेल शुरू भएको छ । गत बुधबार मात्रै ठेक्काको प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा विभिन्न लत्ताकपडाका सामानहरूको लागि विभिन्न कम्पनीहरूले ठेक्का हालेका छन् । ठेक्का हाल्नेमा स्वतन्त्र पार्टीका नेता बिष्णु पुकार श्रेष्ठ र उनको समूह समेत रहेको छ । यसबाहेक सधै ठेक्का गर्ने रैथाने ठेकेदारहरू त छँदैछन् ।

यसपटकको प्रहरीको ठेक्कामा भने विगतका बर्षहरूको जस्तो सेटिङ्गमा ठेक्का हाल्ने काम भने भएन । विगतमा प्रहरी मुख्यालयको प्रबन्ध निर्देशनालयले दिएको आदेश अनुसार कुन ठेकेदारलाई कुन काम गर्ने र कति रकम बराबरको दिने तय हुने र त्यसै अनुसार ठेकेदारले काम गर्दै आएका थिए । तर यसपटक भने प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले ठेक्का पारदर्शी हुनुपर्ने आदेश दिएपछि ठेक्कामा सेटिङ र प्रहरी भित्रदेखिको चलखेल रोकिएर ठेक्का प्रतिस्पर्धामा गएको छ । तर ठेक्का प्रतिस्पर्धामा गएपनि फेरि भित्र अर्को चलखेल भएको छ ।

प्रहरी भित्र सेटिङ्ग मिलाएर आफ्नो नमूना हालेर करौडौ करोडको ठेक्का आंफुले पाउने गरि सेटिङ्ग मिलाएका ठेकेदारको योजना प्रशासन बिभागका अतिरिक्त महानिरीक्षक मीरा चौंधरीले तोड्न सक्छिन् कि सक्दिनन् त्यो भने हेर्न बाँकी छ । अहिले केही ठेकेदारहरू ठेक्का हत्याउन यसरी लागि परेका छन् । केही ठेकेदारले भित्र सेटिङ्ग मिलाएर आफ्नो नमूना हालेर आफ्नो प्रतिस्पर्धा कसैले नगरोस् भनी उच्च बजेटमा ठेक्का हालेका छन् र आंफुले हालेको जस्तो नमूना अरूको नभएको भन्दै फेल गराएर ठेक्का खाने सेटिङ्गमा लागेका छन् । यो सेटिङलाई प्रहरी महानिरीक्षक कुंवर र अतिरिक्त महानिरीक्षक चौधरीले भत्काउन सक्छिन् कि सक्दिनन् त्यो भने हेर्न बाँकी नै छ । साभार: खोजतलास

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM