२०८३ जेष्ठ ४ गते, सोमबार १४:३१

पूर्व सचिव उपाध्यायले माफी मागे

काठमाडौं। पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएको छ। चितवनकी एक महिलाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर भ्रम फैलाएको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको थियो।

भरतपुर महानगरपालिका १६ की पूर्णमाया गुरुङले उपाध्यायविरुद्ध उजुरी दिएकी थिइन्। पूर्व सचिव उपाध्यायले पीडितलाई फोन गरेर आज माफी मागेका छन्।

‘चितवनकी भरतपुर-१६ की पूर्णमाया गुरूङ बहिनीलाई फोन गरेर मेरो पोष्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु। यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोष्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले विगत ४/५ दिनदेखि काम नगर्दा उनले पठाएको मेसेज मैले पढ्न नपाउदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ। नभए यो समस्या उतिनै बेला सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’ उपाध्ययले सामाजिक सञ्जालमा भनेका छन्।

उक्त असमझदारी पूर्णमाया गुरूङ र आफूबीचको मात्रै भएको बताउँदै उनले बीचमा तेस्रो पक्ष नआउन पनि भनेका छन्। हिन्दुहरुले देउता मान्ने गरेको गोरु धरानमा काटिँदा पूर्णमाया र आफू दुवै अपमानित भएको उनको भनाइ छ।

‘हामी दुवै सनातनी हिन्दु र गाईगोरू पुजा गर्ने, गाई गोरूको मासु नखाने मान्यता राख्ने एकै समुदाय हौँ। धरानमा हामीले देउता मान्ने गोरू काटिँदा हामी दुवै निकै अपमानित भएका छौं,’ उनले भनेका छन्।

कानुनले प्रतिबन्धित गोरू काटेर खाने र तिनको समर्थकहरू दुई जना बीचको असमझदारीमा नआउन पनि उनले भनेका छन्। अनुकूल मिलेमा पूर्णमायालाई भौतिक रुपमा भेटर पुनः क्षमा माग्ने उपाध्यायले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM