२०८२ फाल्गुन ३ गते, आईतवार ०५:३५

विद्या भण्डारीसँग किन सशंकित छन् ओली?

काठमाडौं। यतिबेला एमालेको अबको नेतृत्व कसले सम्हाल्ने भन्ने चर्चा चलेको छ। पार्टीमा ७० वर्ष हटाएर केपी शर्मा ओलीले फेरि आफू एमालेको अध्यक्ष बन्ने सन्देश दिइसकेका छन् भने दोस्रो तहका नताहरु आफूलाई शसक्त बनाएर लैजाने विषयमा केही बताउन सकिरहेका छैनन्।

पार्टीका ओलीको विरोध गर्दा आफ्नो राजनीतिक जीवन सकिनेमा उनीहरु सचेत देखिन्छन्। त्यही भएर दोस्रो तहका नेता ओलीको प्रशंसामा नै बढी समय खर्चिने गरेका छन्।

तर यसबीचमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको चालले फेरि अध्यक्ष बन्ने ओलीको योजनामा ब्रेक लाग्ने त होइन भन्ने संसय पैदा भएको छ।

आफू आफ्नै जोडबल गरेर राजनीतिमा नआएको तर परिस्थितिले यो राष्ट्रपति हुने अवस्थासम्म ल्याइ पुर्‍याएको दाबी गर्दै एमालेभित्र चरम गुटबन्दी भए टुलुटुलु हेरेर नबस्ने बताउने गरेकी छन्।

तर यसको अर्थ प्रत्यक्ष कार्यकारी भमिकामा जानुपर्छ भन्ने नभएको बताउँदै पार्टी राजनीतिमा नफर्कने संकेत गरेकी थिइन्। भण्डारी कार्यकाल पूरा गरेर शितलनिवासबाट आफ्नो निवासमा सरेपछि एमालेका नेता कार्यकर्तासँग नियमति सम्पर्क र परामर्शमा छिन्।

एमाले नेताहरु गोकुल बास्कोटा, कर्ण थापा, विद्या भट्टराई भगवती चौधरी, आनन्द पोखरेल, खगराज अधिकारी लगायतका नेताहरुले एकीकृत समाजवादीलाई समेत एमालेमा मिलाउन सकिने गरी विद्या भण्डारीलाई पार्टीमा सक्रिय गराउन खोजिरहेका छन्।

एघारौँ महाधिवेशनको पूर्वसंध्यामा रिहर्सल निकै पेचिलो हुने देखिएको छ। भण्डारी निकट स्रोतका अनुसार उनले आफू सक्रिय राजनीतिमा नफर्किने तर पार्टीभित्रको राजनीतिलाई नजिकबाट नियालिरहेकी छन्।

‘बहुदलीय जनवादको विषयमा पार्टीले लिएको धारणा, यसलाई तल्लो पंक्तिसम्म पुर्याउनुपर्ने कुरा पनि छ, यत्ति हो क्लोज्ली वाच गरिरहनु भएको छ,’ स्रोतले भन्यो।

भण्डारीले आफूलाई एमाले राम्रो होस् भन्ने लाग्नु स्वभाविकै भए पनि सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको तर राजनीतिलाई नजिकबाट हेरिरहेको बताउने गरेकी छन्। ‘अब फेरि एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन। अहिले पनि यस्तो चाहना आउनुु अस्वाभाविक होइन,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

भण्डारीको राजनीतिमा आउन चाहना रहेको तर अध्यक्ष ओलीलाई क्रस गरेर एमालेको सक्रिय राजनीतिमा फकर्न संभावना नरहेको बताइन्छ।

एमालेमा ७० वर्षे उमेर हद हटाएपछि ओली दिन प्रतिदिन बलियो बन्दै गएका छन्। उनको स्वास्थ्यले साथ दिँदासम्म एमालेमा अर्को कोही अध्यक्ष बन्ने संभावना निकै कमजोर रहेको छ।

भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन पार्टीका नेताहरुले जोड गरिरहेको थाहा पाएका अध्यक्ष ओलीले त्यसो नगर्न चेतावनी नै दिएका छन्। ओलीले विद्या आदरणीय व्यक्ति भएको बताएका थिए।

‘त्यसअघि नजिकै मित्र हो नि, हाम्रो पार्टीको आदरणीय व्यक्ति उपाध्यक्ष नै हो नि, त्यसमध्ये विष्णु पौडेलले मात्रै होइन मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ, त्यस्तो कुरा गरेको विषयलाई कार्ड नै छपाएर लैजानु भयो रे नि त पार्टीमा आइदिनुपर्‍याे भनेर निम्ता गर्ने भन्नेर?’, भन्दै आक्रोश व्यक्त गरेका थिए।

ओलीको सो अभिव्यक्तिपछि यसलाई विद्या भण्डारीका लागि एमालेमा ओलीले नै रातो बत्ती बालेको रुपमा हेर्न थालिएको छ। तर एमालेभित्र ओलीको उत्तराधिकारी को हो भन्ने प्रश्न अहिले पनि उठिरहेको छ।

शंकर पोखरेल र विष्णु पौडेलले एक आपसमा मिल्न नसक्ने अवस्था बनेको र सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले पार्टीको ‘फष्टम्यान’ हुनसक्ने अवस्था पनि नरहेका कारण हाललाई उत्तराधिकारीको अभाव उत्तिकै रहेको छ।

२०७८ मंसिरमा चितवनको सौराहामा भएको पार्टीको दशौं महाधिवेशनबाट केपी दोस्रो पटक अध्यक्षनिर्वाचित भएसँगै भण्डारीकाे चर्चा शुरु भएको थियो। उनी त्यतिबेला राष्ट्रपति नै रहेकी थिइन्।

त्यसको डेढ वर्षपछि गत फागुनमा मात्रै उनको कार्यकाल सकिएको थियो। कार्यकाल सकिएपछि विद्या फुर्सदमै रहेकाले एमालेका नेताहरुसँग दिनदिनै भेटघाटमा व्यस्त रहकी छिन्।

अझ एमालेले गत जेठमा भएका सचिवालय बैठकबाट ७० वर्षे व्यवस्था हटाएर तेस्रो पटक पनि अध्यक्ष हुने बाटो खुला गरेपछि सक्रिय राजनीतिमा भण्डारी नै फर्कने बहसमा पूर्णविराम लागेको भनिए पनि बढी नै चर्चा गर्न थालिएको छ। भण्डारीलाई रोक्नका लागि ओलीले ७० वर्षे व्यवस्था हटाएको भन्नेसमेतको अनुमान पार्टीभित्र गरिएको छ।

ओलीका लागि भण्डारीको राजनीतिमा पुनर चुनौती बन्ने सम्भावना हुन्छ कि भन्ने कारणले गर्दा पनि उनले खुलेर पार्टी राजनीतिमा आउने बताइसकेकी छैनन्।

नवौं महाधिवेशनमा एमालेको अध्यक्षमा ओली निर्वाचित भएसँगै भण्डारीलाई उनको उत्तराधिकारीका रूपमा हरिँदै आएको थियो। भण्डारी उपाध्यक्षमा दोस्रो पटक निर्वाचित भएकी थिइन्।

आफ्ना समूहभित्र आफू पछिको दोस्रो स्थानमा भण्डारीको नेतृत्वलाई चुनौती दिनेसम्भावना निकै कम थियो। त्यतिबेला ओली मात्र होइन एमालेका तत्कालीन नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसमेत मिलेर उनलाई राष्ट्रपतिका लागि पठाइयो।

एमालेमा एघारौं महाधिवेशन हुन कम्तीमा साढे ३ वर्ष बाँकी हुँदा उनको चर्चा चलाएर ओलीलाई साइजमा राख्न ओली पक्षकै नेताहरु लागिरहेका छन्। तर पनि ओली पक्षका नेताहरुले खुलेर पार्टीमा आउनुस् भनेका छैनन्।

उनीहरुले अध्यक्षसँगको समन्वयमा काम गर्दा राम्रो हुने सुझाव दिएका छन्। खासगरी माधव नेपाल नेतृत्वको पार्टीलाई एमालेमै फर्काउनका लागि

विद्या भण्डारी सहयागी हुने ठानिरहेका बेला नेतृत्वमा ल्याउने कोसिस भैरहेको एकथरीको विचार रहेको छ।

माधव नेपालसँगै बाहिर गएका नेताहरुले ओलीको व्यवहार प्रवृत्तिलाई मन नपराएर उनीहरु निस्कृय बस्नुभन्दा भण्डारीलाई एमालेको अध्यक्ष बनाउँदा उनीहरु पार्टीमा आउनसक्ने भन्दै चर्चा चलाइएको हो। साभार:डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM