Sunday, September 8, 2024
घरक्राइम चेकसशस्त्रका डिआइजीसँग स्पष्टीकरण

सशस्त्रका डिआइजीसँग स्पष्टीकरण

काठमाडौं । सशस्त्र प्रहरीमा चेन अफ कमाण्ड तोड्न थालिएको छ । घर बिदामा बस्दा पनि कार्यालयको मर्यादा, कार्यालयको सामान्य नियम र फौजले पालाना गर्नुपर्ने चेन अफ कमाण्डलाई तोड्न थालिएको हो ।

सशस्त्र प्रहरीको इतिहाँसमै पहिलो पटक यसरी नियम तोडिएकोमा सशस्त्र प्रहरी मुख्यालयले आपत्ति जनाएको छ । यस्तो नियम तोड्ने आफूखुशी गर्ने डिआइजी अभिकुमार खत्री हुन् ।कार्यालय प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेका उनले आफ्नो सेकेन्ड म्यानलाई चार्ज नबुझाइ बिदा बसेका थिए । साउन महिनाभर बिदामा रहेका उनले नत मुख्यालयलाई जानकारी गराए, नत आफू मुनिका एसएसपीलाई नै जानकारी दिए । सशस्त्र प्रहरी मुख्यालये यो विषयलाई गम्भीर रुपमा लिँदै भदौ १ गते उनलाई स्पष्टिकरण नै सोधेको छ ।

सशस्त्र प्रहरीका डिआइजी खत्री अमेरिका जाँदा २२ दिन आफ्नो कमाण्ड क्षेत्रमा कोही कसैलाई औपचारिक जानकारी नदिएपछि मुख्यालयले आपत्ति जनाउनुको साथै स्पष्टिकरण सोधेको हो । सामान्यतया कार्यालय प्रमुख बिदा बस्दा एक तह मुनिको अधिकृतलाई कार्यालयको चार्ज बुझाउनु पर्छ । तर, सशस्त्र प्रहरीका डिआइजी खत्रीले सो प्रावधानको ठाडो उल्लंघन गरेको स्रोतको दाबी छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी खत्री साउनभर श्रीमतीसहित अमेरिका घुमघाममा जाँदा एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्नेमा कुनै पनि जानकारी नदिएको खुलेको हो ।‘उहाँ विदेश जानु भएको रहेछ, स्वदेशमै हुँदा त बिदामा भएको बेलो चार्ज बुझाउनु पर्छ । अझ विदेश जाँदा झन बुझाउनैपर्ने हुन्छ । तर, उहाँ अमेरिका गएको जानकारी मुख्यालयलाई थाहै भएन, उहाँ बिदामा बसेको पनि जानकारी भएन’, सशस्त्र मुख्यालय स्रोतले भन्यो ।स्रोतका अनुसार २२ दिन घर बिदा लिएका उनले कसैलाई कार्यालयको चार्ज बुझाएनन् । चार्ज नबुझाई बिदा बसेको भन्दै मानवस्रोत विभागले आपत्ति जनाउदै के कति कारणले चार्ज नबुझाई बिदामा बसेको भनेर स्पष्टिकरण सोधेको छ । अबदेखि कही कतै गए वा घर बिदामा बसे अनिवार्य रुपमा चार्ज बुझाउन निर्देशन दिएको छ ।

‘विभागले भदौ १ गते प्रतिष्ठानलाई लेखेको पत्रमा कार्यालय प्रमुख बिदा बस्दा चार्ज बरबुझारथ गर्नुपर्नेमा निज डिआइजी खत्री २२ दिन बिदा बसेर हाजिरमात्र भएको भन्ने जानकारी मात्र भएको’, उल्लेख गरेको छ ।२२ दिनसम्म प्रशिक्षण प्रतिष्ठान कसको कमान्डमा थियो भन्ने गम्भीर प्रश्न उठेको जनाउदै त्यहाँ वस्तुस्थितिबारे एसएसपी तिमल्सिनासँग जानकारी लिएको थियो । त्यसबीचमा प्रतिष्ठानमा घटना दुर्घटना भएको भए को जिम्मेवार हुने भन्ने प्रश्न पनि उठेको छ । जबकि, २२ दिन बिदा लिएर उनी श्रीमतीसहित अमेरिकामा मस्त÷व्यस्त थिए ।

त्यतिन्जेल सशस्त्रको एक मात्र प्रतिष्ठान बेबारिसे जस्तै बन्यो । उनी पछिका अधिकृत एसएसपी तिमल्सिनाले पनि यस्तो कुरालाई गुपचुप राख्न खोजेको भन्दै मानवस्रोत विभागले प्रश्न गरेको छ । साथै, प्रहरी महानिरीक्षक राजु अर्यालले यो विषय निकै गम्भीर भएकाले मातहतका निकाय सबैलाई यस्तो गल्ती नदोर्याउन निर्देशन दिएका छन् ।विगतको ट्रयाक रेकर्डसमेत राम्रो नभएका खत्रीले यसपटक आइजिपीलाई समेत कमाण्ड उल्लंघन गरेर चुनौती दिएका छन् । लामो समय आर्थिक प्रशासन शाखामा रहेका खत्रीको विगत राम्रो छैन । कोषराज वन्तको पालाका लेखा शाखामा भएको आगलागी प्रकरणमा पनि उनको नाम जोडिएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -