Tuesday, October 15, 2024
घरसमाचारअर्थवाणीबढुवा हुने निश्चित भएपछि तस्करी लाइन सुचारु

बढुवा हुने निश्चित भएपछि तस्करी लाइन सुचारु

वीरगंज / केहि समय नाटकीय रुपमा बन्द रहेको भनिएको तस्करी लाइन पर्साको मुख्य भंसार नाकाबाट फेरि सुचारु भएको छ।

वीरगंज भंसार स्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको प्रहरी उपरीक्षक पदमा बढ़ुवा हुने निश्चित भएपछि तस्करी लाईन पुनः सुचारु भएको स्रोतले जनाएको छ।

सशस्त्र नं. १३ गण, पर्साका प्रमुख एसपी सुमन थपलिया रहुन्जेल छिटफुट भएको तस्करीकाे धन्दा उहाँको ह्रदयघातका कारण तीन दिन अघि निधन भए पछि व्यापक हुन थालेको स्रोतको दाबी छ।

सो क्षेत्रबाट टेम्पो, मोटरसाईकल, स्कुटी र साइकलकाे माध्यमबाट व्यापक तस्करी भैरहेको छ। सशस्त्र प्रहरीबाट तस्करीकाे लाइन पाउनेहरूमा नवराज र पशुपतिले काजु, फैयाज हार्डवेयर ,भाेला कपडा , शम्भु कपडा छन् । यसबाहेक १५ जनाको महिला समूहले पनि ठूलो मात्रामा तस्करी गरिरहेका छन् । महिला समूहकाे नेतृत्व मीना कुमारी र मुख्तारले गरिरहेका छन् ।

यी तस्करी गर्ने व्यापारीहरूसंग लेनदेनकाे आर्थिक काराेबार सशस्त्र प्रहरी हवल्दार मिलन तामाङले गरिरहेकाे काराेबारी व्यापारीहरू नै बताउँछन् । काेर्ट माष्टरको रूपमा कार्यरत उनी सामानहरू खरिदकाे बहानामा बाहिर बजार जाने र त्यही क्रममा यी काराेबारीहरूलाई भेट्ने गरेको समेत व्यापारीहरू बताउँछन् । काेर्ट माष्टर भनेर उनलाई घुमुवाकाे रूपमा परिचालन गरिएको समेत सशस्त्र प्रहरी नै बताउँछन् । बाराको पिलुवा स्थित गणमा दरबन्दी भएका तामाङ अहिले वीरगंज भंसारस्थित प्रस्तावित गुल्ममा कार्यरत छन् ।

यस विषयमा सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेसँग बुझ्दा उनले कसैलाई तस्करीको लाईन नदिईएको दाबी गरे। उनले नाकामा कड़ाई गरेर दैनिक दुई लाख भन्दा बढ़ीको बढ़ीको भंसार छलिका सामान नियन्त्रणमा लिने गरेको बताउनु भयो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -