Tuesday, November 26, 2024
घरविचारपाठक प्रतिकृयाप्रचण्डको पार्टी परित्याग गरेको भोलीपल्ट महात्मा भाटखोले किन पसे जंगल?

प्रचण्डको पार्टी परित्याग गरेको भोलीपल्ट महात्मा भाटखोले किन पसे जंगल?

– सूर्य रेग्मी 

तात्कालिन सामन्ती राजा महेन्द्रले चलाएको गाउँ फर्क अभियानबाट प्रेरित भएर महात्मा भाटखोले त्यस्तै योजना जंगल फर्क अभियान चलाएका रहेछन् । उनले भने ठूलै योजना छ बाबु यो देशको लागी आशा छ एकदिन पुरा हुनेछ । मलाई रहर लाग्यो योजना सुन्ने, उनले बिस्तारै सुरु गरे-

“मलाई पनि पहिले अन्य देशको प्रगति देखेर राजाको छोरा जसरी राजा हुने भनेर अरुले सुनाएको कुराको पछि लागें, गलत गरेको रहेछु यार आज पश्चाताप हुँदैछ । अब जंगल फर्केर जंगलको शोभा बढाएर पाप पखाल्छु । उसले भन्यो शहरबजार गाउँमा डर भएर म जंगल पसेको हुँ बाबु । जंगलमा पनि डर लाग्यो, एकरात त महभिरमा नसुति लुकेर बसें बाबु । भोलिपल्ट जंगलमै रम्दै थिएँ घुम्दै थिएँ, सालको पात बजाएर गित गाएर नाच्दै थिएँ बाबु ।आजको रात कसरी काटौँ भन्दै चुलेको भीरमा टाउको समाएर रुदै थिएँ बाबु । मलाई सार्है दु:ख लाग्यो उसको पीडाको कहानी सुनेर तर ऊ त हाँस्छन् मलाई सुनेर मैले भावुक हुँदै अगाडी सुन्ने ईच्छा राखे उस्ले भन्यो रातारात कायापलट भएको छ म निकै खुशी छु ।भगवान दाईना भए मानिस पछि लागेर केही हुँदैन भने उन्ले । के भयो रातारात? मैले प्रश्न सोधें। भोलेनाथको नाम लिंदै उनले भने मलाई नेपाल हिन्दु राष्ट्र होस भन्ने चाहना राख्नेहरुले रातारात कोही नेपालीलाई थाहा नदिई सुरक्षार्थ प्रचण्ड नामको कुकुर दिएको छ हेर बाबु । दशौं वर्षलाई पुग्ने खाद्य, लत्ता कपडा दिएको छु । लिन मन नभए यो देशको हितमा भएकाले स्वीकार गरे बाबु ।अन्य अरु ठाउँबाट पनि सहयोग गर्छु भन्दै आए तर मलाई चित्त बुझेन यार! अनी नेपाल आमा सम्झेर रोएँ त्यसपछी मेरो अँगरक्षकले नाम लिन मन लाग्दैन बाबु यसको झस्किन्छु कतै यो कुकुरले मलाई नै मार्छ कि तर यस्ले उनीहरुलाई फेदिखोला कटाएर मेरो छेऊमा आएर रोयो ।मैले सम्हाले अनी रातभर म सुते यस्ले मलाई कुरेर बस्यो यार ।

बिहानै उठे नित्यकर्म गरेर भगवानको पूजा पाठ गरेर योजना बनाएँ । यहाँ त आजकल जंगली जनावर चराचुरुंगी मेरै पछि लाग्छ यार । बाघ भालुहरु योसंग डराएर आउँदैन अरुलाई त मैले खानेकुरा दिन्छु बाबु । मैले सोधे काम चाँही के गरेऊ त ? उसले भन्यो, “जंगलमा मान्छे नछिरुन भनेर सिँउडी रोपेर आफ्नो जंगलको सिमाना बाँधे । गाँऊतिर गएर फलफूलको बिरुवा बिऊ ल्याएर केरा, भुईकट, मेवा, स्याउ, सुन्तला, अंगुर, रुखकटहर सबै प्रजातीका बोटबिरुवा माटो सुहाउँदो हेरेर प्लटका प्लट गरेर रोपेको छु यार । पानी लाग्ने ठाँऊमा खेत बनाएको छु, नलाग्ने ठाउँमा बारी । फूलबारी बनाएको छु बाबु त्यस्तै सबै प्रजातिका फुलहरु ठाउँ हेरर बिघा बिघा लगाएको छु बाबु । करेसा बारी पनि छ बाबु सागपात मुला घिरौला लौका सबै छुट्टा-छुट्टै लगाएको छु यार ।नदीहरु खोलाहरु तालहरु मन्दिरहरु सबै व्यवस्थित गरेको छु बाबु। मैले सोधे, उसले थर्कायो मलाई मेरो कुरा नसुन्ने के बोली राको बिर्से यार भन्दै भगवानलाई सम्झे मैले माफ मागे गल्ती भयो महात्मा क्षमायाचना उस्ले मान्छेबाट गल्ती हुन्छ केही छैन भन्दै अगाडी भने कुन पहाडमा के बनाउने योजना बुन्दै छु यार हिमालको बारे पछि भन्छु । मैले भने भाटखोले यो सबै त नेपाल सरकारको हो तिमीलाई दिन्न उसले भन्यो यो सबै त श्री ५ को सरकारको हो बाबु । जंगलबाट पसेर उनीहरुले बजार लुटे बाबु तर म त एक ईन्च छोड्दिन लडाई जारी छ मेरो । मैले अब जंगल अलिअलि फँडाएर घरघडेरी बनाउँदै छु यार । मैले अच्चमीत हुँदै सोधे किन उस्ले फेरि थर्काए ।मैले गल्ती गरेर उस्ले भने कुरा नबुझ्ने छौ बाबु कसरी सम्झाउ । मैले भने बुझेको भए किन किन भनेको त यार ।साँच्चै मैले उस्को अगाडी केही जानेकै रहेनछु ।

मैले यो सब गरेको देश माटो र धर्मको लागि हो बाबु ।मैले यो सबै एक्लै गरेको होईन यार । गणतन्त्रवादीहरु शहरमा छन् यार राजा चाहने हिन्दु अधिराज्य चाहने भारत लगायतका हिन्दु धर्मावलम्बीहरु नेपाल सरकारसंग लुकेर मलाई सहयोग गरेको छन् के बाबु । हाम्रो नेपालवादी पार्टीका सबै सदस्यको अब जंगल जंगलमै घर हुन्छ । खेत हुन्छ बारी हुन्छ फलफुलको बगैचा तरकारीको करेसाबारी हुन्छ फुलको बगैचा स्वींमीग पुल हुन्छ बाबु । मैले बल्ल बुझे महात्मा तिम्रो कुरा । उस्ले थप्यो यहाँ विश्वका धेरै मानिसहरु मसंग लगानी गरेर व्यापार व्यवसाय गर्न इच्छुक छन यार हाम्रो फलफुल, तरकारी अन्नबाली निर्यात कोलागी अब कम्पनीको हिष्ट्री हेरेर एग्रीमेन्ट गर्दैछु । पर्यटन व्यवसाय एक नम्बर बाबु अब यो देवभूमिमा शान्ति सास फेर्न घुम्न रम्न तिर्थालुहरु विश्वका सबै देशबाट आउँछन्, उत्तर कोरियाका अहिले आउँदैनन्, बाबु भोली त कसले देखेको छ र यार । फेरि सोध्यो गणतन्त्रवादी बाहेक सबै जंगल फर्के हुन्छ शाही नेपाली सेना बनाउँदै छु । जंगलबाटै श्री ५ सरकार घोषणा गर्छु बाबु । उद्योग कलकारखाना खोलेर रोजगारी दिन्छु बाबु । उस्ले भन्यो यहीँ हो हाम्रो नेपालवादी पार्टीको योजना ।

मैले सोधे मलाई किन बिदेश जान भन्छौ त? धेरै धोका पाए बाबु धेरैबाट त्यसैले हो यार । हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत एउटा हुन्छ बाबु । हतार नगर बाबु अहिले मलाई बाहिरबाटै सहयोग गर यार जंगल नआऊ है ।

(महात्मा भाटखोलेसंग लेखकको कुराकानीमा आधारित )

आँधीखोला ५, स्यांग्जा

 

 

 

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -