२०८२ जेष्ठ ५ गते, सोमबार १७:३३

वीरगंजका सोनार ४९० ग्राम सुनसहित पक्राउ

हेटौडा। मकवानपुरमा सुनसहित एक जना पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेबाट करिब ४ सय ९० ग्राम सुनसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका १ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सोनार र सो वस्तुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM