Monday, December 9, 2024
घरसमाचारअर्थवाणीसहकारीको डेढ करोड रकम लिएर पदाधिकारी र सदस्य सम्पर्क विहिन

सहकारीको डेढ करोड रकम लिएर पदाधिकारी र सदस्य सम्पर्क विहिन

काठमाण्डौ/रोल्पाको त्रिवेणी गाउँपालिका २ मा रहेको नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्य गरी ३ जना रु १ करोड ६१ लाख रकम लिएर सम्पर्कविहीन भएका छन् । त्रिवेणी गाउँपालिका २ स्थित रहेको नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष प्रमिला पुन,सचिव चन्द्र बहादुर बस्नेत र सदस्य लोक बहादुर डांगी सहकारीको खातामा रहेको रु १ करोड ६१ लाख रकम लिएर सम्पर्क बिहिन भएका हुन् ।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले शित भण्डार निर्माणका लागि लगाएको ठेक्का मार्फत मन्त्रालयबाट सहकारीको खातामा आएको रु १ करोड ६१ लाख रकम लिएर अध्यक्ष पुन,सचिब बस्नेत र सदस्य डाँगी सम्पर्क बिहिन भएका निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाका सञ्चालक हरि प्रसाद अधिकारीले बताए ।

उनका अनुसार नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड र माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स वीच ५ सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण भएकोमा सो वापतको उक्त सहकारीले भुक्तानी गर्नु पर्ने बाँकी रकम रु १ करोड ६१ लाख मन्त्रालयबाट सहकारीको खातामा आएपछि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डाँगी सम्पर्क विहिन भएका हुन् ।

२०७८ असारमा सम्झौता गरि काम सुरु भएको शित भण्डारको २०७८ पौष मसान्तमा निर्माणको काम सकिएको भएपनि विभिन्न बाहनामा सहकारीले भुक्तानी नदिएको र मन्त्रालयबाट केही दिन पहिला रकम सहकारीको खातामा आएकोमा सोही दिनदेखि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डाँगी सम्पर्क बिहीन भएपछि निर्माण कम्पनीका सञ्चाल अधिकारी तनावमा परेका छन् ।

२ करोड ३६ लाख ५३ हजार ६ सय ३२ रुपैँया ९६ पैसामा भैरहवामा रहेको माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्सले ५ सय मेट्रिक टन क्षमता भएको शित भण्डार निर्माण गरेको थियो । जस मध्य रु ६० लाख रकम भुक्तानी लिएको भएपनि बाँकी रहेको रकम रु १ करोड ६१ लाख सहकारीको खातामा आएपछि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डांगी सम्पर्क विहिन हुँदा आफ्नो लगानी डुब्ने चिन्ता बढेको निर्माण व्यावसायी अधिकारीले गुनासो गरे ।

अधिकारीका अनुसार लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले २०८० असार २४ गते सबै रकम सहकारीको खातामा जम्मा गरिदिएको भएपनि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डांगी सम्पर्क विहिन भएका हुन् । सुरुमा त्रन्मालयबाट भुक्तानी नभएको भन्दै पञ्छिने गरेका सहकारीका पदाधिकारी र सदस्यहरु मन्त्रालयले रकम खातामा पठाएपछि सम्पर्क विहिन भएका छन् ।

यता, असार २६ गते विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भए पछि नुवागाउँ साना किसान कृषि सहकारी संस्था लि.ले भुक्तानी गर्न बाँकी रहेकाे रकम लिन आउनु भनी निर्माण कम्पनीका सञ्चालक अधिकारीलाई फाेन गरि बाेलाएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -