२०८३ बैशाख ५ गते, शनिबार १६:५४

दुई अर्ब ३७ करोड ८२ लाखभन्दा बढ़ीको सुनको कारोबारको आरोपमा १२ जना पक्राउ

काठमाडौँ। गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतारबाट गैरकानुनी रूपमा सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।

नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स-साना परिमाणका सुनका गहना फेला परेका थिए।

सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM