Saturday, February 8, 2025
घरसमाचारअर्थवाणीअरुको नागरिकता प्रयोग गरी ३१ कराेड रुपैयाँकाे कारोबार

अरुको नागरिकता प्रयोग गरी ३१ कराेड रुपैयाँकाे कारोबार

काठमाण्डाै/ ‘वान एक्स बेट’ मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीविना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ ।

खड्काले अनलाइन जुवा खेलमार्फत ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गएकाे जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृतरूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रुपैयाँ जम्मा गरेर त्याे रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्काविरुद्ध दुई जना पीडितले बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीका लागि टेकुमा रहेकाे जिल्ला प्रहरी परिसर पठाइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -