२०८२ पुष १६ गते, बुधबार ०६:१६

सरकारका वेबसाइट नै सुरक्षित छैनः सभामुख

हेटौडा/बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नकसकेको बताएका छन् । बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताए ।

सरकारका कामहरु पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी रहेको उनले बताए । सरकारले साइबर सुरक्षा सम्बन्धी नीति तजर्समा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाई छ ।

‘हामी पेपर लेस गभर्नेन्स तर्फ अघि बढी रहेका छौं । तर, हाम्रो सरकारको वेवसाइट र डाटा सेन्टरहरु सुरक्षित छैनन् । कनै पनि समय हाम्रा वेवसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन् ।’ उनले भने, ‘सरकारले आफ्नो सिस्टम विकास गरेर वेवसाइट र डाटा सेन्टरहरुलाई सुरक्षित गर्नुपर्छ । त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारले साइबार सुरक्षा न्यूनिकरणमा जोड दिनुपर्छ ।’

पछिल्लो समयमा साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको उनले बताए । सरकारले साइबार अपराध न्यूनिकरण तर्फ आवश्यक तयारी गर्न जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा क्यान महासंघ नेपालका महासचिव इवम् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले तालिमको सहजिकरण गरेका थिए । बागमती प्रदेशका ८० जना सांसदहरुको उपस्थिती रहेको उक्त तालिममा साइबार सुरक्षामा तीनै तहका सरकारले इथिकल ह्याकरलाई क्यापिटलाज गर्नुपर्ने बताए । नेपाल बन्छ जब नेमालमा नै बनाइन्छ, सफ्टवेयरबाट सम्ृद्धि भन्ने नारालाई ात्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने उनले बताए ।

प्रविधिको बढ्दो प्रयोगसंगै साइबार सुरक्षाको विषयलाई विद्यालय स्तरबाटै अनिवार्य शिक्षाको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा उनले जोड दिए । साइबर सुरक्षाको चुनौतिहरुलाई न्यूनिकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्नुपर्ने उनको भनाई छ ।

नेपाल दुरसंचार प्राधिकरणका निर्देशन विजय कुमार रायको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा दुरसंचार सेवाको पहुँच ७७ वटै जिल्लाका स्थानीय तहमा फोर जि र ब्रोडव्याड इन्टरनेट सेवाको विस्तार भएको बताए । सेवाको विस्तार सहित चुनौतिको पनि सोही अनुसार बढ्दो क्रममा रहेको उनको भनाई छ ।

‘विगत २५ वर्षदेखि नेपाल दुरसंचार प्राधिकरणले दुरसंचार क्षेत्रको नियामक निकायको रुपमा काम गर्दै आएको छ । दुरसंचार सेवाको विकास तथा विस्तारको लागि नीति निर्माण गर्ने कार्यमा सरकारको सल्लाहकारको रुपमा काम गरिरहेको छ । गुणस्तरीय तथा उचित मुल्यमा दुरसंचार सेवा उपलब्ध गराउन र सेवा प्रदायकहरु बिच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने काम गरिरहेको छ ।’ उनले भने ।

हाल करिव ९५ प्रतिशत जनसंख्यामा मेबाईल ब्रोड व्याण्ड सेवा र करिव १२५ प्रतिशत जनसंख्यामा मोबाइल टेलिफोन सेवाको पहुँच पुगिसकेको उनले बताए । ब्रोड व्याण्ड इन्टरनेट सेवाको विस्तारसंगै अनलाईन सेवाहरुको उपलब्धता र प्रयोगमा पनि वृद्धि हुँदा जोखिम पनि सोही अनुपादमा बढ्दो क्रममा रहेको उनको भनाई छ ।

‘बालबालिका देखि नीति निर्माणकर्ता समेत अनलाईन जोखिममा पर्ने गरेको र साइबर आक्रमणको सिकार बनेका छन् । डिजिटल भुक्तानि प्रविधिमा बढ्दो आकर्षणले थप सुरक्षा चुनौति थपिएको छ । यसको न्यूनिकरण जरुरी रहेको र आम नागरिकदेखि नीति निर्माणकर्ताहरु सो जोखिमको नियन्त्रणमा जागरुक हुनु आवश्यक रहेको छ ।’ उनले भने ।

साइबार सुरक्षाका विषयमा नीति निर्माणसंगै चुनौति न्यूनिकरणका लागि आम नागरिकहरुलाई अभिमुखिकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ । मल्टि फ्याक्टर अथेन्टिकेशन र आफ्नै नामको सिमकार्ड प्रयोग गर्दा साइबर सुरक्षा जोखिम कम हुने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM