Saturday, July 27, 2024
घरसमाचारअर्थवाणीप्रदेश प्रहरीको टोलीद्वारा मध्यरातमा तस्करीको सामान बरामद

प्रदेश प्रहरीको टोलीद्वारा मध्यरातमा तस्करीको सामान बरामद

वीरगंज/पर्साको वीरगंजलगायतका सीमावर्ती क्षेत्रबाट तस्करी भैरहेको खबरहरू सार्वजनिक भएपछि प्रदेश प्रहरी जनकपुरधामको टोलीले छड्के गरेर मंगलवार मध्यराती करिव २ बजेको समयमा तस्करीको माध्यमबाट नेपाल भित्र्याइएका भन्सार छलिका सामानहरू बरामद गरेका छन् ।

समाचार स्रोतले दिएको जानकारी अनुसार नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको आदेशमा ढल्के गणमा दरबन्दी भई रौतहटमा काजमा रहेका प्रनानि महेन्द्र यादव, सहायक हवल्दार सुरेश यादव एवं राजेश यादव सहितको टोलीले वीरगंज भन्सार र ईनरवा क्षेत्रमा छड्के गर्दा मध्यराती २ बजेपछिको समयमा भारतको सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याएर ल्याइएका भन्सार छलिका झण्डै १२ लाख भन्दा बढी मूल्य बराबरको सुटिङ सर्टिङका कपडाका गाँठ भन्सार भन्दा पूर्व र वैष्णवी हल भन्दा दक्षिणमा अवस्थित एक गोदाममा भण्डारण गरि राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

समाचार स्रोतले दिएको जानकारी अनुसार ती सामान भारतीय कुख्यात तस्कर मुख्तार एवं बनारसी, विनोद, गुलसन र मीरा समेतको रहेको छ भने केही सामान मदन गुप्ताको पनि रहेको थियो । सीमावर्ती क्षेत्रमा रहेका प्रहरी पोष्ट एवं विर्ता प्रहरी समेतलाई प्रभावमा पारेर तस्करहरूले तस्करी गरिरहेको सूचना प्रदेश प्रहरी प्रमुख डिआईजी भट्टराईसमक्ष पुगेपछि डिआईजी भट्टराईको निर्देशनमा खटेको प्रहरी टोलीले तस्करीका समानहरू बरामद गरेका हुन् ।

हाम्रो समाचार स्रोतले दिएको जानकारी अनुसार यतिबेला छपकैया, सिर्सिया, ड्राईपोर्ट, अलौ, भिस्वा एवं ठोरी समेत ग्रामीण भेगका सीमावर्ती क्षेत्रबाट समेत व्यापक तस्करी भईरहेको छ । छपकैया, ड्राईपोर्ट क्षेत्रबाट पनि मुख्तारकै टोलीले कपडाको काम गरिरहेका छन् भने पशुपति यादवले ठूलो परिमाणमा काजुको तस्करी गरिरहेका छन् ।

जिल्लामा प्रत्येक एक किलोमीटरको दूरीमा प्रहरी चौकी र चेकपोस्ट हुँदा हुँदै तस्करीको सामान नियन्त्रणमा लिन प्रदेश प्रहरीकै टोली आउनु पर्दा तस्करहरूले स्थानीय प्रहरीलाई प्रभावमा कसरी पारेका छन् भन्ने पनि प्रष्ट हुन आउँछ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -