Sunday, November 10, 2024
घरप्रदेशदेशका सबै भेगमा विद्यापतिको योगदानको चर्चा हुनुपर्छ: भट्टराई

देशका सबै भेगमा विद्यापतिको योगदानको चर्चा हुनुपर्छ: भट्टराई

सर्लाही/ नेकपा एमालेका नेता योगेश भट्टराईले मैथिल साहित्यकार महाकवि विद्यापतिको योगदानवारे सबै नेपालीले बुझ्न आवश्यक रहेको वताउनुभएको छ । उहाँले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्ववारे जानकारी दिनु पर्ने उल्लेख गर्नुभयो ।

मंगलवार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो–“मैथिल भाषामा महाकवि विद्यापतिको ठूलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।” उहाँले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्ने वताउनुभयो ।

हरिवन नगरपालिकाको ८ नम्वर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै उहाँले विद्यापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफु अझ प्रफुल्लित हुने भावना पोख्नुभयो ।

नेकपा एमालेका केन्द्रीय सचिव र पहाडि जिल्ला ताप्लेजुङवाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टराई अहिले पार्टीको मधेश प्रदेश ईन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । नेपाल वहुभाषिक र वहुजातिय फुलवारी भएकोले मधेशको वारेमा पहाडमा र पहाडको वारेमा मधेशमा पर्याप्त जानकारी हुनु पर्ने उहाँको तर्क छ । “आफु केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा जादा मधेशका शिक्षक साथी भेटेर आनन्द आयो ।” भट्टराईले भन्नुभयो– “पहाडको वारेमा उहाँहरुले धेरै राम्रो वुझाई रहेछ, हामी पहाडवासी भन्दा पनि धेरै, त्यसैले पहाडले मधेश पनि त्यसै गरि बुझौँ ।”

आफु मन्त्री भएको वेला इलामको सुर्योदय नगरपालिकामा विद्यापतिको शालिक वनाउन बजेट पठाएको उहाँले स्मरण गर्नुभयो । भट्टराईले देशको सन्दर्भमा मधेश र पहाडलाई अलग अलग ढंगले वुझ्न नहुने वरु थप सुमधुरता वढाउदै लानु पर्ने विचार राख्नुभयो । मधेश र पहाडको महत्ववारे उहाहरूबाट प्रष्ट पार्दै उहाले भन्नुभयो– “विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँग भएकोले प्रशिद्ध जानकी मन्दिर र जनकपुरको अतित्व छ अनि जनकपुर र जानकी मन्दिर नेपालमा भएकैले सगरमाथाको पनि अस्तित्व छ ।” हिमालको अस्तित्व नभएको भए जनकपुरको अतित्व नहुने र जनकपुर नभएको भए हिमाल नहुने उहाँको वुझाई थियो । हिमालको शुद्ध पानी, तराईको उर्वर जमिन र पहाडको जडिवुटी हाम्रा अन्योन्याश्रित सम्वन्धका प्रतिक भएको भट्टराईले व्याख्या गर्नुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -