२०८२ मंसिर २१ गते, आईतवार ००:५५

मधेश प्रदेशमा मौलायो हुण्डी कारोबार

वीरगंज/ पछिल्लो समयमा नेपालको मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट हुण्डी कारोबार मौलाएको छ ।

समय-समयमा सानोतिनो कारोबारी पक्राउ परेका घटना सार्वजनिक भए पनि हुण्डी कारोबारका ठूला ग्याँग र गिरोहle भने निर्धक्कका साथ कारोबार बढ़ाएपछि यसले देशको अर्थतन्त्रलाई नै गाँजेको प्रष्ट हुन्छ ।

पैसा पठाउन राज्यले तोकेको बाटो प्रयोग नगरी, गैरकानुनी बाटोको प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँमा अवैध तरिकाले पैसा पठाउने कामलाई हुण्डी भनिन्छ। कालो धनलाई सेतो पार्न पनि हुण्डीको प्रयोग गर्ने गर्छन्।

गैरकानुनी रुपमा पैसा कमाउन सकिने र त्यसको कारोबारबारे सरकारका प्रतिनिधि त्यस्ता कारोबारीहरूको प्रभावमा पर्ने भएकाले पनि हुण्डी कारोबारी बढेका छन् ।

देशको प्रमुख प्रशासनिक निकाय गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी समेत नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास भ्रष्टाचार प्रकरण, पशुपति जलहरी प्रकरणतर्फ केन्द्रित रहेको मौका छौपी आर्थिक अपराधीहरूले देशको अर्थतन्त्र नै ध्वस्त पार्नेगरी यतिबेला मधेश प्रदेशका विभिन्न जिल्लाबाट अवैध हुण्डी कारोबार गर्न लागि परेका छन् ।

हुण्डी, सुन तस्करीलगायत विभिन्न काण्डमा मुछिएर ख्याती कमाएका भारतीय नागरिक सन्तोष जैन यतिबेला वीरगंज र मधेश प्रदेशका राजधानी जनकपुरलाई केन्द्र बनाएर सुनको अवैध कारोबार र हुण्डीको कारोबारमा सक्रिय रहेको बुझिन आएको छ ।

जैनले मधेश प्रदेश अन्तर्गतका संभत: आठ वटै जिल्लामा आफ्ना एजेण्टहरू परिचालन गरि नगद रकमको ओसार पसार (हुण्डी) कारोबारका साथै सुनको समेत कारोबारलाई निरन्तरता दिएको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जैनले नेपालका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूसहित केहि राजनीतिक दलका नेताहरूलाई प्रभावमा पारेर हुण्डी र सुन कारोबारलाई निरन्तरता दिएका हुन् ।

भारत सरकारले पटक पटक नोटबन्दी गर्ने गरेका कारण भारतीय काला व्यापारी एवं राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूले आर्जित गरेको अवैध रकमलाई सुरक्षित गर्न सुनको रुपमा परिणत गर्नकालागि सन्तोष जैनलाई माध्यम बनाएको स्रोतबाट बुझिन आएको छ ।

जैनले चिनबाट विभिन्न माध्यमलाई प्रयोग गरी अवैध रुपमा सुन भित्रियाएर भारत पुर्‍याएर भारतीय काला व्यापारी एवं राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूलाई दिएर आउने रकम तिनै माध्यम (एजेण्टहरू)मार्फत नगद रकम भरिया प्रयोग गरि अवैध रुपले नेपाली सरहदभित्र झिकाउने गरेको बताइन्छ ।

नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको कार्यकालमा निर्धक्क पूर्वक अवैध हुण्डी र सुन कारोबार गर्दै आएका जैनले प्रहरीको नेतृत्व परिवर्तनपछि केहि समयको विश्रामपछि पुन: आफ्नो अवैध कारोबारमा सक्रिय हुनुले वर्तमान प्रहरी नेतृत्वमाथि प्रश्न चिन्ह खडा भएको छ ।

सीमा क्षेत्रमा अत्याधुनिक हतियार एवं बन्दोवस्तीका सामानसहित परिचालित सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिका बीच जैनजस्ता आर्थिक अपराधीहरूले निर्धक्कतासाथ कारोबार गरिरहनुले पनि सुरक्षा निकाय माथिको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको छ ।

विगतमा भारत बिहार राज्य मजफ्फरपुरमा टेम्पु चलाउने जैन नेपाल आएर सानो समयमै खरबौंको सम्पत्ति जोड्न सफल मात्र भएनन्, आफ्ना दुई छोराहरू राजा भन्ने सौरभ जैन र बिक्की भन्ने अंकुर जैनलाई २०६३ सालमा पैसाकै बलमा नेपाली नागरिकता समेत दिलाए । जैन परिवारको आर्थिक अपराधको फेहरिस्तको उजागर गर्ने हो भने एउटा उपन्यास नै तयार हुन्छ ।

स्मरणरहोस्, बिगतमा जैन, उनका श्रीमति र छोरा यसअघि हुण्डी कारोबारको आरोपमा वीरगंजबाटै पक्राउ परेका थिए भने उनका एक छोरा भारतको सिलिगुडीमा १० किलो सुनसहित पक्राउ परेका थिए, जुन मुद्दा अहिलेसमम जारी नै रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM