Tuesday, October 15, 2024
घरसमाचारअर्थवाणीफेरि शुरू भयो कुख्यात तस्कर मुख्तारको लाईन

फेरि शुरू भयो कुख्यात तस्कर मुख्तारको लाईन

वीरगंज/ सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न, राजश्व चुहावट नियन्त्रण गर्न एवं शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यले परिचालन गरेको जिम्मेवार निकायबाटै व्यवसायिक आचरण विपरीतका काम हुन्छ भने त्यो समाज र देशको भविष्य कस्तो होला? भन्ने प्रश्न यतिबेला जताततै उठ्न थालेका छन्।
प्रसँग हो प्रहरी प्रशासनलाई मिलाएर तस्करी गर्न माहिर भारतीय कुख्यात तस्कर मुख्तारको। मुख़्तारले प्रहरी प्रशासनलाई मिलाएर तस्करीको लाइन फेरि सुचारु गरेका छन् ।
तस्कर मुख्तारले वीरगंज भन्सारको मेनगेट, इनर्वा गाउँलगायतको नाकाबाट नस्करीको लाइन लिएर तस्करी गराइरहेका खबरहरू विभिन्न संचारमाध्यममा प्रकाशन/प्रशारण हुन थालेपछि झण्डै एक हप्तासम्म बन्द रहेको तस्करी लाईन शनिवारदेखि पुनः सञ्चालनमा ल्याउन सफल भएको मुख्तार निकट स्रोतले जनाएको छ ।
भारतीय बजारबाट नेपालमा चोरबाटोबाट खासगरी कपडा ल्याउने काम गर्दै आएका मुख्तारले यस पटक भने कपडा र काजुको लाईन पनि लिएको खबर छ । वीरगंज भन्सारको पछाडी एवं ईनर्वा क्षेत्रबाट रात्रीको समयमा सकेजति कपडा र काजु ढुवानी गरेर नेपाल भित्र्याउन सक्ने गरी लाईन संचालन गर्न मुख्तारले सीमावती क्षेत्रमा रहेका नेपाल एवं सशस्त्र प्रहरीबलसँगै प्रदेश प्रहरी प्रमुखसम्म रकम बाँडेको स्रोतले जनाएको छ ।
दैनिक लाखौं मूल्य बराबरको राजश्व छलि गरेर मुख्तारले इनर्वा नाकाबाट भरियाहरूमार्फत सुटिङ सर्टिङका कपडा, बनारसी साडी, काजु भारतबाट नेपाल ल्याउने गरेका छन् भने बिहारमा प्रतिबन्धित मदिरा भारततर्फ पठाउने गरेका छन् ।
मुख्तारजस्ता भारतीय एवं नेपाली तस्करहरूलाई संरक्षण भएपछि राजश्व असुलीमा गिरावट मात्र आएको छैन अर्थतन्त्र नै दिनप्रतिदिन धराशायी हुँदै गएको छ ।
भारतीय तस्करहरूले नेपालका प्रहरीलाई प्रभावमा जस्तोसुकै आपराधिक क्रियाकलाप गर्न सक्ने वा चोरी तस्करी गराउन सक्ने सन्देश दिइरहेका छन् । अनियन्त्रित तस्करीले प्रहरी नेतृत्वको विश्वसनीयतामाथि समेत प्रश्नचिन्ह खडा भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -