Sunday, March 23, 2025
घरसमाचारअर्थवाणीपेट्रोल र ग्यासको भाउ घटेर आयो

पेट्रोल र ग्यासको भाउ घटेर आयो

काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ। उक्त मूल्यसूची अनुसार आईओसीले यसपटक भने पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा भाउ समायोजन गर्दै आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७ पैसा र प्रतिसिलिन्डर एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ।

आईओसीले पठाएको नयाँमूल्यसूचीअनुसार डिजेटल, मट्टीतेल र हवाई इन्धनको भाउ भने बढेर आएको छ। निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ।

हाल कायम मूल्यलाई यथावतै राखेमा निगमलाई पाक्षिक (१५ दिन) १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -