२०८३ बैशाख २५ गते, शुक्रबार ००:२३

ठूला व्यापारीलाई अर्बौं ऋण दिने बैंकले गरिबलाई एक लाख पनि दिन्छ ?: सिंह

काठमाडौँ। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्तुत गरिएको विधेयकमाथि भएको छलफलमा बोल्दै सांसद अमरेशकुमार सिंहले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने बताएका छन्।

‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्। नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन्। गरिब किसान, दलित, चेपाङ त आउँदैनन्,’ प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले भने।

व्‍यापारीहरूले अर्बौंको ऋण पाए पनि गरिबले एक लाख पनि नपाउने उनको भनाइ छ।

‘जगदम्बा ग्रुपले कति ऋण लिएको छ, चौधरी ग्रुपले कति ऋण लिएको छ, ज्योति ग्रुपले कति ऋण लिएको छ? ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरिबलाई एक लाख ऋण दिन्छ? बिना धितो ऋण दिन्छ? दिँदैन नि!,’ उनले भने।

यसले गर्दा पनि उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको उनको भनाइ थियो। यसका लागि बैंकले गाउँ-गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM