२०८२ फाल्गुन ७ गते, बिहीबार २३:३७

खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश

सुर्खेत/ १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेस गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरू सोही खर्च लुकाउन पुनः अर्को फण्डा गरेका छन्।प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगाबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन्।

रोकाय र लेखापाल खिमबहादुर शर्मा संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १ सय ५ रुपैयाँ मात्रै खर्च भएको दाबी गरेका छन्। जसमध्ये चालु आर्थिक वर्ष २०७९-८० मा १४ लाख ३४ हजार ७१ रुपैयाँ र गत आर्थिक वर्षको १० लाख ७ हजार ३४ रुपैयाँ भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ।केही दिनअघि मात्रै रोकायले जनप्रतिनिधिको खाजा नास्तामा कुल ५३ लाख ६० खर्च भएको दाबी गरेका थिए। खर्च रकममध्ये चालु आर्थिक वर्षमा खाना, चिया नास्तामा करबाहेक कुल ३९ लाख १ हजार ६ सय ७८ रुपैयाँ भुक्तानी दिइसकेका छन्। त्यस्तै, भुक्तानीका लागि ९ लाखको तोक आदेश लगाएको कागजात भेटिएको छ।

कर्मचारीले खाना, नास्ताको अस्वाभाविक खर्च देखाएपछि त्यहाँ छानबिन समिति नै बनेको थियो। छानबिन समितिले मंगलबारदेखि काम नै थालिसकेको छ। समितिको कारबाहीबाट बच्न उनीहरूले अर्को विवरण सार्वजनिक गरेका हुन्।कर्मचारीले कारबाहीबाट बच्न चलाखी अपनाएर झुटो विवरण सार्वजनिक गरेको छानबिन समितिका संयोजक प्रेम केसीले बताए। कागजपत्र सबै समितिले नियन्त्रणमा लिएकोले हचुवाको भरमा नगरपालिकाको बेइजती गरेको केसीको भनाइ छ।

तोक लागेको ३ लाखको फाइल पनि गायव

यस्तै, नगरपालिकाको लेखा शाखाबाट ३ लाख भुक्तानीको फाइल नै गायव भएको छ। कार्यालयमा कार्यपालिका र नगरसभाको खाना खाजाबापतको रकम भुक्तानीका लागि पेश भएको फाइल नै गायव भएको वडा अध्यक्षहरुले बताएका छन्।उनीहरुले कार्यालय प्रमुखले भुक्तानी दिनु भनेर तोकआदेश लगाएको फाइल लेखा शाखाबाट गायव बनाएको बताएका छन्। नगरपालिका कर्मचारी र होटल व्यवसायीको मिलोमतोमा पेस भएको बिल प्रशासकीय अधिकृत रोकायले लुकाएको एक वडा अध्यक्षले बताए।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले बताए।

लेखापाल अनभिज्ञ

नगरपालिकाबाट मंगलबार सार्वजनिक गरिएको विवरणका विषयमा भने लेखापाल खिम शर्माले यो विषयमा आफू अनभिज्ञ रहेको बताएका छन्। खर्च विवरण सार्वजनिक जानकारी नभएको उनले दाबी गरे। लेखामा भौचर उठेपछि भुक्तानी भएको स्वीकार गर्दै शर्माले यो विषयमा थप अध्ययन गर्न बाँकी रहेको बताए।समितिले सम्पूर्ण कागजात नियन्त्रणमा लिएकोले आफूलाई सबै कुरा जानकारी नभएको उनको दाबी छ। ‘सबै कुरा मेरो दिमागमा हुँदैन, सफ्टवेरबाट फेरि रुजु छु’ उनले भने, ‘बरु तपाईंसँग भएका कागजात मलाई पनि पठाइदिनुहोला।’ छानबिन र सम्बन्धित निकायमा उजुरी परेकोले ढिलो चाँडो सत्यतथ्य बाहिर आउने उनको तर्क छ।

कुन मितिमा कति रकम भुक्तानी?

नगरपालिकामा चालु आर्थिक वर्षमा झण्डै ४२ लाख रकम भुक्तानी भएको छ। जसमध्ये २०७९।१०।२४ गतेको अर्धवार्षिक समीक्षा बैठक, २०७९।०८।२९, २०७९-०९-२० र २०७९।१०।२३ को कार्यपालिकाको बैठकमा भएको खर्च बापतको रकम रुपैयाँ १ लाख ८३ हजार ३३० रुपैयाँ २०७९।१०।२६ गतेको भौचर नम्बर ४३० बाट दीपा होटललाई भुक्तानी भएको कार्यालयको दाबी छ। तर, कार्यालयको सो मितिको भौचर नं ४३० नम्बरमा १ लाख ८० हजार ५ सय ८० रुपैयाँ खर्च भएको देखिन्छ।यस्तै, २०७९।०३।०९ र २०७९।०५।०९ को नगरकार्यपालिकाको बैठक, २०७९।०७।०२ को विपद व्यवस्थापन समितिको बैठक, २०७९।०३।०८ का २ वटा विषयगत समितिको बैठक र २०७९।०५।०८ को वार्षिक समीक्षा गोष्ठीमा भएको खर्च बापतको रकम रुपैयाँ ५५७००० (पाँच लाख सन्ताउन्न हजार) २०७९।०८।२९ गतेका दिन भौचर नम्बर २२८ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ।

तर, कार्यालयले होटल सञ्चालक चन्द्रलाल जैसीलाई ५ लाख ४८ हजार ६४५ रुपैयाँ भुक्तानी दिएको भौचर नं २२८ मा उल्लेख छ। २०७९।०५।०९ र २०७९-०५-१० २०७९।०५।२६ र २०७९।०५।२७ गतेको नगरकार्यपालिकाको बैठक, र २०७९।०५।०८ को अर्धवार्षिक समीक्षा बैठकमा भएको खर्च बापतको रकम रुपैयाँ ३,३३,७१०- २०७९।०९।०१ गतेका दिन भौचर नम्बर २४५ बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ। तर, नगरपालिकाले सार्वजनिक गरेको उत्त मितिमा ३ लाख २८ हजार ७ सय ४ रुपैयाँ भौचर नम्बर २४५ बाट भुक्तानी गएको छ।

२०७९।११।१३ को कार्यपालिकाको बैठक, २०७९।१०।२६ को सार्वजनिक सुनुवाइ कार्यक्रम, २०७९।०९।१९ को भूउपयोग परिषदको बैठक, २०७९/०४/२३, २०७९।१०।१५ मिति२०७९।१०।२९ र २०७९।११।१५ गतेको कर्मचारी बैठकमा भएको खर्चबापतको रकम रुपैयाँ १ लाख ३२ हजार, २०७९।११।१९ गतेका दिन भौचर नम्बर ५२९ बाट दिपा होटललाई भुक्तानी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तर भुक्तानी गोश्वारा भौचरमा ५२९ मार्फत १ लाख ३२ हजार ३ सय ८४ रुपैयाँ कर काटेर भुक्तानी भएको छ।यस्तै, न्यौपाने होटललाई सोही दिन १४६८४६ एक लाख ४६ हजार ८४६, भौचर नम्बर ५२९ बाट २०७९।११।१९ गतेकै दिन न्यौपाने होटललाई भुक्तानी भएको उल्लेख छ। जसको गोश्वारा भौचरमा १ लाख ४७ हजार २ सय ४६रुपैयाँ खर्च भुक्तानी भएको पाइएको छ।

कार्यालयले २०७९-०७-०२ को विपद व्यवस्थापन समितिको बैठकमा भएको खर्च बापतको रकम रुपैयाँ ३०००० (तीस हजार) २०७९।०८।१९ गतेका दिन भौचर नम्बर १७३ बाट दीपा होटललाई भुक्तानी भएको उल्लेख गरेको छ। तर सो मितिमा गोश्वारा भौचर १७३ बाट २९ हजार ५ सय रकम बुझेको उल्लेख छ।

विभिन्न मितिमा गरिएका कर्मचारी पदपूर्ति गर्दाको बखत खाजा खाना खर्चबापतको रकम रुपैयाँ ५११८५ (एकाउन्न हजार एक सय पचासी), २०७९।१२।३० गतेका दिन भौचर नम्बर ७३६ बाट दिपा होटललाई भुक्तानी भएको छ। यस्तै नगरपालिकाले गत आर्थिक वर्ष २०७८।७९ मा भुक्तानीसमेत गरेको दाबी गरेको छ।

नगरपालकले गत वर्षको भुक्तानी भनेर दिएको रकम २०७८।१०।२८ को नगरकार्यपालिकाको बैठक २०७८।०५।२९ गतेको नगर शिक्षा समितिको बैठक, २०७९-०२-०८ गतेको पुरानो जनप्रतिनिधिलाई बिदाइ तथा नयाँ जनप्रतिनिधिहरूलाई स्वागत कार्यक्रम २०७९-०२-१६ को कार्यपालिकाको बैठक, २०७९।०२।२१ गतेको मनाघाट प्रहरी चौकी उद्घाटन कार्यक्रम २०७८।०५।०५ गतेको आ व २०७७-७८ को वार्षिक समीक्षा बैठकमा भएको खर्च बापतको रकम रुपैयाँ ७५५२५८- २०७९।०३।२४ गतेका दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

तर, कार्यालयको लेखा शाखाको अभिलेखअनुसार २०७९-०३ -२४ गते २०३ नम्बरको भौचरमा नभई ३१९ नम्बरको भौचरमा रकम भुक्तानी भएको छ। सो भौचरमा रु ७ लाख ५५ हजार २ सय ५८ रुपैयाँ होटल सञ्चालक चन्द्रलाल जैसीले बुझेका छन्।

यस्तै, गत आवको २०७९।०३।०९ गतेको बाह्रौं नगरसभामा भएको खर्च बापतको रकम १७९०८३, (एक लाख उनासीहजार त्रियासी) २०७९।०३।१८ गतेका दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी गएको छ। तर सो मितिमा उक्त भौचर कार्यालले उठाएको छैन। सो मितिको भौचर नं २७१ बाट रु १ लाख ७९ हजार ७३ रुपैयाँ भुक्तानी भएको छ।

सोही मितिमा रुपैयाँ ७२६९३/– २०७९।०३।१८ गतेका दिन भौचर नम्बर २०३ बाट दिपा होटललाई भुक्तानी भएको (जम्मा रकम २ लाख एकाउन्न हजार ७७६ उल्लेख छ। तर कार्यालयले भौचर नं २०३ मार्फत नभई २७१ नम्बरको भौचरमार्फत सो होटललाई रकम भुक्तानी दिएको छ।

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा भएको खर्च भन्दै कार्यालयले समेत गलत तथ्याक सार्वजनिक गरेको छानबिन समितिका संयोजक केसीले बताए। यस्तै, कार्यालयले भुक्तानी दिन बाँकी रहेको १२ लाखबाहेक १४ लाख ६० हजार ५७३ रुपैयाँ कर बाहेकको रकम गुपचुप गरेको छेडागाड नगरपालिका १ का कृष्ण जैसीले बताए।

कार्यालयले २०७९/०९/०४ गते १ लाख ५२ हजार २८१ रुपैयाँ गोश्वारा भौचर २७० मार्फत भुक्तानी भएको छ। तर उक्त रकम नगरपालिकाले उल्लेख गरेको छैन। सो रकम मात्र नभएर नगरपालिकाले २०७९ असोज १३ गते रामबहादुर थापाको नाममा काटेको २५ हजार भौचर नं १०० को,२०८० वैशाख २५ गते थापाको नाममा काटेको २ लाख ९५ हजार ५ सय भौचर नम्बर ७७९ को उल्लेख गरेको छैन।

यस्तै, २०७९-०९-४ गतेको थापाकै नाममा ६९ हजार ७ सय भौचर नम्बर २६८ रकमसमेत समावेश नगरेको जनप्रतिनिधिहरूको आरोप छ। यस्तै, नगरपालिकाले २०७९ चैत्र ३० गते गोश्वारा भौचर नं ७३५ मार्फत ५१ हजार १८५ र २०७९ असार १८ गते गोश्वारा भौचर नं ६४९ मार्फत भुक्तानी भएको ६२ हजार रकम उल्लेखै नगरेको पाइएको छ।

यस्तै, २०७९ चैत्र ३० गते गोश्वारा भौचर ७३६ मार्फत भुक्तानी भएको ५१ हजार १ सय ८५ रुपैयाँ उल्लेख छैन। कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रोकायले २०७९ चैत्र ९ गते आफैँ निवेदन लेखी भुक्तानी लिएको ४ लाख ५९ हजार ९ सय ७५ र २०७९ चैत्र ३० गते ४ लाख ५० हजार ७७० रुपैयाँसमेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेखै नगराएको छानबिन समितिको अरोप छ।

मेयरद्वारा छानबिन समितिलाई दबाब

छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले छानबिन समितिका संयोजकलाई दबाब दिएको खुलेको छ। कागजपत्रहरू कसरी मिडिया गयो भन्दै उनले छानबिन समितिका संयोजक प्रेम केसीलाई दबाब दिएका हुन्।

अहिले खास भित्रको कुरा केही पनि नबोल्न दबाब दिइएको छानबिन समितिले बताएको छ। छानबिन समितिको प्रतिवेदन बाहिर नआउँदै कर्मचारीले विज्ञप्ति निकालेर अर्को विवाद उत्पन्न भएको छ।हेमन्त केसी

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 alus4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d sritoto relic88 slot88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM